कुर्सी देखी कुर्सीसम्मको यात्राले समाजवाद आउला र कमरेड ? : सुदेश पराजुली

काठमाडौँ  / नेकपा एकिकृत समाजवादी पार्टीको भातृ संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले प्रचन्डलाई लक्षित गरेर कुर्सी देखी कुर्सी सम्मको यात्राले समाजवाद आउला र भनेर प्रश्न गरेका छन । पराजुलीेले बुधबार एक फेसबुक स्ट्याटस लेख्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) लाई केही प्रश्नहरु गरेका हुन । आफूहरुसँगको गबठन्धन तोडेर एमालेसँग गठबन्धन गरेर प्रचण्डले सरकारको नेतृत्व लिएको भन्दै एकीकृत समाजवादी पक्ष असन्तुष्ट रहेको छ ।
पराजुलीको फेसबुक स्ट्याटस जस्ताको तस्तै :-

हिजो नेकपा किन विभाजन भयो ?
कारण प्रधानमन्त्रीको कुर्सी पदको स्वार्थले मात्र हो ?
नेकपा कालीन पार्टी अध्यक्ष रहिरहदा धेरै दिन मेहनत गरेर लेखिएको र बहुमतको हस्ताक्षर गरिएको भनिएको तमाम धेरै बुँदे गम्भिर भनिएका सैद्वान्तिक राजनितिक बैचारिक उत्तर आज प्रधानमन्त्रीको कुर्सीको सम्झौताले निराकरण भए वा समाप्तै कि आलोचना/आत्मालोचना गरियो बार्दलीको कुनामा कसैले नदेख्ने गरी ?
बिचार विहिन सत्ता स्वार्थ मात्रै हो एकिकरण र सहकार्य निति ?
स्वार्थ र मनको पाप दिनानु दिन परिवर्तनशिल छन हेक्का त होला नि ?
आज पदको मिलन भोलि पदको स्वार्थ नमिल्दा भयानक वियोगान्त हुने नै छ ।
एक कुर्सीले सबै सैद्वान्तिक राजनितिक बैचारिक हल सदैव गर्न कहा सक्ला र ?
कुर्सीको सहकार्य कुर्सी विहिन अवस्थामा बालुवाको महल जस्तै ढल्ने छ ।
– भखर भएको निर्वाचनमा के के भनेर मत मागियो ?
– नेकपा विभाजन हुदाँको समयमा के के भनियो ?
– माईति घर मण्डलामा हामी यहाँ छौ भनेर केके भनियो ?
– जनताको मत र मन के लागी हो भनेर मागियो ?
– प्रत्येक चुनावि सभामा कस्का विरुद्व जनतालाई मत हाल्न अपिल गरियो ?
-पार्टीको चुनावि घोषणा पत्रमा कस्का विरुद्व के के लेखिएको छ ?
”कुर्सी देखी कुर्सी सम्मको यात्राले समाजवादको गन्तव्यमा कसरी पुगिएला र कमरेड ? 
तपाईको प्रतिक्रिया