रुकुम पश्चिम / नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी रुकुम पश्चिमले ९ बुँदे खलंगा घोषणा पत्र जारी गरेको छ । शैक्षिक सुधारको माग सहित संगठनले विभिन्न विषय समेटिएको घोषणा पत्र जारी गरेको हो । संगठनले शैक्षिक सुधारका सवाल ९ वटा बुँदामा उल्लेख गर्दै त्यसका लागि संघर्ष गर्ने जनाएको छ ।
सोमबार २८ औं जिल्ला सम्मेलन सम्पन्न गरको अखिल क्रान्तिकारीले आज मुसिकोटमा पत्रकार सम्मेलनको आयोजना गर्दै शिक्षा क्षेत्रमा मौलाएको निजीकरण, माफियाकरण, व्यापारिकरण, भ्रष्टिकरण, दलालीकरण र अपराधिकरण विरुद्ध निर्मम संघर्ष गर्ने संकल्प तथा प्रतिबद्धता सहित घोषणा पत्र जारी गरेको हो ।
भावना शर्मा । १३ पुष २०७९, बुधबार ११:१६