महिला सशक्तिकरणमा ‘महालक्ष्मी लाइफ’ कार्यक्रम रुकुम सुरु

रुकुम पश्चिम / रुकुम पश्चिममा महालक्ष्मी लाइफ इन्स्योरेन्सले महिला सशक्तिकरणमा ‘महालक्ष्मी लाइफ’ तालिम कार्यक्रम संचालनमा आएको छ । महिलाको रोजगारी र समृद्धिका लागि क्षमता विकासमा टेवा पुर्याउने उदे्श्यले बनेको तालिम कार्यक्रमको महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले उद्घाटन गर्नुभयो ।  यो कार्यक्रम देशका विभिन्न जिल्लामा संचालनमा रहेको महालक्ष्मी लाईफ इन्स्योरेन्सले जनाएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ कार्यक्रम आउनु पिछडिएका समुदाय र विषेशगरि महिला दिदी बहिनीहरुका लागि अवसर भएकाले अवसरलाई सदुपयोग गर्न सके कोशे ढुंगा सावित हुने बताउनुभयो ।

युवासंग महालक्ष्मी लाइफ इन्स्योरेन्सकी केन्द्रिय सदस्य लक्ष्मी केसीको अध्यक्षमा भएको कार्यक्रमको सञ्चालन मुसीकोट शाखा प्रमुख व्युझना पुन देवकोटाले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया