रुकुम पश्चिममा क्रिसमस डे मनाइयो

रुकुम पश्चिम / रुकुम पश्चिममा  क्रिश्चियन धर्मावलम्बीहरुले बिभिन्न कार्यक्रम गरी क्रिसमस डे मनाएका छन । हरेक बर्ष २५ डिसेम्बरमा  यशु ख्रीष्टको जन्मदिनको खुसीयालीमा क्रिश्चियन धर्मावलम्बीहरुले  क्रिसमस मनाउने गर्दछन ।

२००० वर्षअघि  कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । रुकुम पश्चिमका विभिन्न चर्चहरुमा प्रार्थना लगायत एक अर्कामा प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदान प्रदान गरी क्रिसमस मनाइएको रुकुमेली मिसन समाज रुकुम पश्चिमका अध्यक्ष अविनाश बुढाले जानकारी दिनुभयो ।

बुढाका अनुसार रुकुम पश्चिमका चर्चहरुमा परमेश्वरको वचन मनन गर्नुका साथै बिभिन्न कार्यक्रम गरी क्रिसमस मनाईको हो

तपाईको प्रतिक्रिया