आँखामा पानी कति छ कति ।
आँशुको खानी कति छ कति ।
तिम्रो मायाले गलेर बनेको
मुटुमा खरानी कति छ कति ।
तिम्रो यादमा तड़पिदै रोएको
साँझ र बिहानि कति छ कति ।
तिम्रो नहुँदा कोरेको प्रेम पत्र
जानी नजानि कति छ कति ।
रुदैन भन्छु आँसु झरिदिन्छ
भिजेको सिरानी कति छ कति ।।
मदराज शाही “बिबश अकेला”
खाँडाचक्र नगरपालिका ३ ताडी ,कालिकोट
गजल-उनको लागि
तपाईको प्रतिक्रिया
दियो खबर । १७ कार्तिक २०७७, सोमबार १९:४९