गजल-विमला ‘विकिरण’

गाउँमा साहुबाट ऋण झिकेर बाको नाममा!
छोराले शहरमा घर किन्छ प्रेमिकाको नाममा

आफै बुझ्नुहून्छ सियोको काम तरबारले गर्दैन,
के सम्झेर ऐना पठाउनुहुन्छ? अन्धाको नाममा

छोरा, तिम्रा रहर,आवश्यकताहरु परिपुर्ति गर्न,
आफ्नै आखा झिकेर दिएकि हुँ गुच्छाको नाममा

हामीलाई बेचिने वस्तु बेच्न पनि मुस्किल हुन्छ,
कतिले जिन्दगी बेचिदिन्छन् खेलौनाको नाममा!
विमला पोख्रेल ‘विकिरण ‘
महावै गाउँपालिका कालिकोट

तपाईको प्रतिक्रिया