सुर्खेत /बाबू गाइन्या आमा गाइन्या – छोरी पनि गाइन्या
कस्ति छोरी जन्मिया होउ – कालिकोट लाई चाहिन्या !
यो गीत मध्ये तथा सुदूरपश्चिम क्षेत्रका प्रख्यात देउडा खेल्लौडा एवम् साहित्यकार पुष्पराज आचार्यले कालिकोटकै १६ वर्षीया बालिकालाई भनेका हुन् ।
कला तथा साहित्यको अत्यन्तै कठिन र निकै रोचक बिधा देउडा तर्फ अग्रसर महावै गाउँ पालिका – ४ कालिकोट निवासी विपना सिंह देउडा खेल्लौडा आचार्यले भनेझैं साँच्चिकै कालिकोट मात्रै नभई कर्णाली,सुदूरपश्चिम र देशकै लागि चाहिने अब्बल स्रष्टाको रुपमा उदाउँन थालेकी छन् ।
कालिकोटका अग्रज साहित्यकार एव कांग्रेस नेता मोतीराज वमले चर्चित अनलाइनमा प्रशंसा पुर्वक वर्णन गरिएकी विपनाले अहिलेसम्म अब्बल देउडा खेलाडी पुष्पराज आचार्य लगाएत दर्जनौं देउडा खेलाडी सँग देउडा खेलेको देखिन्छ ।
राजनीतिक , सामाजिक , भौगोलिक, मायाप्रेम,धार्मिक हरेक विषय बस्तुमा आधारित रहेर देउडा खेल्दा जताततै आफ्नो प्रसंसा मात्रै पाएको विपनाको भनाइ छ ।
देउडालाई जगर्ना गर्न अग्रसर सुर्खेतको घण्टाघरमा देउडा खेल्दा जुम्लाका खेल्लौडाको जवाफ फर्काउदै
महावै झोकाया भन्या – पुज्न आउला पाठो
पाँच पटक मुन्तिरी हुन्या – डिल्लीकोटको लाटो
आजै मेरा फेला पड्यो – यो जुम्लीको लाटो !
भन्ने यो गीत निकै भाइरल र अर्कोतर्फका खेल्लौडालाई जवाफ फर्काउन कडा प्रहार भएको थियोे विपना बाट ।
घण्टाघरमै म्यूजिक भिडियोका चर्चित अभिनयकर्ता एवम् बैतडी जिल्लाका देउडा खेल्लौडा माधव बिष्टलाई पनि विपनाले देउडा मार्फत हैरान खेलायकी थिइन ।
शाही बाजका कउला वचन – मनमा लाउन्या छौँ
शाही बाजले बोलाई दिया – बैतडी आउन्या छौँ
विपना कत्तिकी रैछ – उहीबेला राउन्या छौँ !
भन्दै माधव सँग विपनाको रमाइलो देउडा चलेको थियोे । देउडा खेल्लौडा आचार्य सँग भने २ पटक छोटो टक्कर बाहेक लामो देउडा खेल्ने मौका नजुरेको विपनाको भनाइ छ ।
सहिद स्मृति युवा क्लवले कालिकोटको पिलीमा निमन्त्रणा गरेपनि राति अबेर भएको कारण त्यहाँ विपना र पुष्पबिच छोटो मात्रै देउडा चल्यो । कालिकोट सदरमुकाम मान्ममा पानसरा थापासँगको देउडा चलिरहँदा आचार्यले खेल विपना सँग मोडेपछि विपना बाट
शाही बाजलाई आउदो छ कि – बाँजा खेत उल्टाउन
म पनि सुर्खेत दै आया – पुष्पलाई गुल्टाउन !
भनेर कडा र रोचक जवाफ बाट सुरु भएको देउडा समय अभावले धेरै लामो बन्न पायन । देउडा धेरै खेलाडी सँग खेलिएपनि पुष्पराज आचार्य सँग नै रमाइलो हुने विपनाको भनाइ छ ।
राजनीतिक नेतृत्व देखि अधिकांसले चिन्ने विपना कालिकोट सान्नी/रास्कोट क्षेत्रका बलिराम देवकोटा र केशव शाहीलाई पनि राम्रै देउडा खेल्लौडाको रुपमा लिन्छन् भने महावै गाउँपालिका निवासी गोरख शाही अग्रज देउडा खेल्लौडाको रुपमा सम्मान गर्छिन र देउडा खेलको सुरुवात महावै गाउँपालिकाकै कुनीबाट एमाले नेता वीरेन्द्र शाहीबाट प्रोत्साहन पाई स्थानीय डिलेन्द्र शाही सँग देउडा खेलेर सुरु गरेको बताउँछिन् ।
कर्णाली प्रदेशको जुम्लामा पुगेर स्थानीय देउडा खेलाडी सँग पटकपटक देउडा खेलेकी विपना आफुलाई देउडा खेलेर भाइरल हुने रहर नभई आफ्नो बुवा र आमाबाट सिकेको कलालाई सबैमाज प्रष्फुटन गर्ने र संस्कृति जोगाउने लक्ष्य रहेको दाबी गर्छिन् । आफू मुख्यगरी पढाइमा ध्यान दिने र पढाइमा असर नगर्ने गरि देउडा खेल्ने चाहना राख्ने विपना देउडा खेलमा भित्रिदै गएको छाडापनको अन्त्य गर्दै अनुशासित खेलाडी बन्न चाहन्छिन् । दुई वटा देउडा एल्बम समेत रेकर्ड गरेर सुमधुर आवाज सार्वजनिक गरेकी विपना देउडा सम्राट नेत्रराज शाहीको देउडा खेल र जवाफ दिने शैली अत्यन्तै राम्रो लागेको भन्दै एकपटक उहाँ सँग देउडा खेल चम्काउने सोचमा छिन् । महिला देउडा खेल्लाउडी मध्ये सुनसरा शाहीलाई आफुले अभिभावकको रुपमा सम्मान गर्ने गरेको बताउने विपना राज्यले देउडा र खस भाषालाई उचित प्राथमिकता राख्नपर्ने सुझाव समेत दिन्छिन् ।
१६बर्षिया विपना देउडामा एकाएक भाइरल
तपाईको प्रतिक्रिया
दियो खबर । २७ मंसिर २०७९, मंगलवार ११:४५