पुर्ण क्षति भएका दुई सय घरधुरीलाई राहत वितरण

हस्त चौलागाँई / तिलागुफा नगरपालिका- १ का सुरेन्द्र शाहीको ४ तले पक्की घर बाढिपहिरोले बगायो । छरछिमेकीको घरमा बसेका सुरेन्द्र शाहीका परिवारलाई यो बेला कसैले गरेको सहयोग अति नै ठुलो मान्छन् । मिहिनेत गरेर बनाएको पक्की घर बाढिपहिरोले बगाएपछी सारा सपना टुटेको झै लाग्ने उनको भनाई छ । शाही मात्र हैनन तिलागुफा नगरपालिका -१ कि जयकौरा विकको पनी बाढिपहिरोले पुर्ण रुपमा क्षति गरेको छ । राहत नाम सुन्ने वित्तिकै आफ्नो उद्धार हुने उनको बुझाई छ । युवा नेता टेकराज शाहीको पहलमा चिसो समयमा सिरक डस्ना राहत स्वरुप पाएपछी हिउँद महिनाको चिसो काट्न सजिलो हुने उनको भनाई छ । उनले टेकराज शाही लगाएत शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेडले गरेको यो सहयोगलाई सधैभर स्मरण गरिरहने बताईन् । यी दुई पात्र मात्र हैनन् कालिकोट जिल्लाका २ सय घरपरिवार बाढि पहिरोको पुर्ण क्षतिले विचल्तीत छन् । चिसो समय,ओड्ने ओछ्याउनेको कमि,दाउरा बालेर अर्काको घरमा बास बस्नु पर्ने अवस्था बाढि पहिरो पिडितको छ ।
कालिकोट जिल्लाका ४ वटा स्थानीय तहमा बाढि पहिरोबाट पुर्ण रुपमा क्षति भएका घरपरिवारलाई राहत वितरण गरिएको छ । जिल्लाको तिलागुफा नगरपालिका,महावै गाउँपालिका,शुभकालिका गाउँपालिका र पलाँता गाउँपालिका भित्र रहेका पिडित परिवारलाई राहत स्वरुप चिसो समयमा सिरक र डस्ना वितरण गरिएको छ ।
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत आर्थिक सहयोग र नेपाली कांग्रेस महासमिति सदस्य तथा युवा नेता टेकराज शाहीको विशेष पहलमा कालिकोटमा बाढि पहिरोबाट पुर्ण रुपमा क्षति भएका घरपरिवारलाई राहत वितरण गरिएको हो । नेपाल बिमा प्राधिकरणका प्रदेश प्रमुख पदम प्रसाद सोडारीको रोहबरमा कालिकोटमा रहेका २ सय घरपरिवारलाई सिरक डस्ना वितरण गरिएको छ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड कर्णाली प्रदेशका गणेश प्रसाद जोसी,शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड कर्णाली इन्चार्ज रिसिराम पाण्डे जिल्ला स्थित पत्रकार तथा अन्य नागरिकहरुको सहभागितामा राहत वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै राहतका लागि पहल गर्ने युवा नेता टेकराज शाहीले कालिकोट जिल्लामा रहेका बाढि पहिरो पिडित नागरिकहरुलाई आफ्नो तर्फबाट सक्ने पहल गरिरहेको र आगामी दिनमा सुखमा होस वा दुखमा होस सभैभरी जनताको माझमा रहेर माथिल्लो निकायसंग पहल गर्ने उनको भनाई छ । कालिकोटमा रहेका २ सय घरपरिवारका सदस्यहरुले चिसो समयमा सिरक डस्ना राहत स्वरुप पाउदा हर्षित देखिएका छन् ।

तपाईको प्रतिक्रिया