नेयमार: ब्राजिल पूर्ण रूपमा उपाधिमा केन्द्रित छ

आज २०१८ काे उपविजेता क्रोएसियासँग ब्राजिलले क्वाटरफाइनलकाे खेल खेल्दै छ । खेल नेपाली समय अनुसार बेलुकी पाैने ९ बजे हुने छ । ब्राजिल खेल जित्दै सेमिफाइनल प्रवेशकाे याेजना छ भने गत सिजनकाे उपविजेता क्राेएसिया अघिल्लाे पटककै लय जिवित राख्न चाहन्छ । प्रमुख खेलाडी नेयमार चाेटबाट मुक्त भएपछि ब्राजिलले राहतकाे महशुस गरेकाे छ ।

प्रि-क्वाटर फाइनलमा पेनाल्टी मार्फत गाेल गर्दै नेयमारले लगातार तीन विश्वकपमा गाेल गर्ने पेले र रोनाल्डोकाे रेकर्डमा बराबरी गरेका छन् । नेयमारले साेही लय कायम राख्ने ब्राजिल र उनका समर्थककाे विश्वास छ । नेयमारले ब्राजिलकाे ध्यान पूर्णरूपमा उपाधिमा रहेकाे बताएका छन् ।

नेयमारले फिफालाई भने, "निश्चय नै, यो प्रतियोगितामा अझ अगाडि बढ्ने समय हो । “स्पष्ट रूपमा, हामी उपाधिको सपना देख्दै छौं, तर हामीले चरण-चरण जानुपर्छ । कोरिया गणतन्त्रसंगकाे चौथो खेल थियो । हाम्रा तीन खेल बाँकी छन् । हामी धेरै राम्रोसँग तयार छौं र उपाधि जित्नमा पूर्ण रूपमा केन्द्रित छौं ।

त्यस्तै उनले थप भने “कीर्तिमान तोड्नु मेरो लागि गर्वको स्रोत हो । मैले केही चीजहरू हासिल गरे जुन मैले कहिल्यै सोचेको थिएन, त्यसैले म साँच्चै खुसी छु ।
तपाईको प्रतिक्रिया