यँहा जिन्दगी साँच्चै बेहाल बन्नेछ ।
बगेर ति आँशुहरुको ताल बन्नेछ ।
आज जोडेर दिल भोली तोडीदिँदा
एकदिन प्रेमनै सबको काल बन्नेछ ।।
२.
किन गर्छौ यस्तो प्रहार बुझ्नै सकिन ।
एकदिन होइन गर्छौ बारबार बुझ्नै सकिन ।
कति तिखा छन् है तिम्रा ती शब्दहरु
मुटु घोच्ने वचन हो कि हतियार बुझ्नै सकिन ।।
३.
उनको यादमा ननिदाको रात सम्झिन्छु।
मुटुभरी दिएको त्यो घात सम्झिन्छु ।
सँगै बाँच्ने सँगै मर्ने खाएका ति कसम,
देउता सामु मिलाएका हात सम्झिन्छु ।
मदराज शाही “बिबश अकेला”
खाडाचक्र नगरपालिका -३ ताडि ,कालिकोट ।
मुक्तक-मदराज शाही “बिबश अकेला”
तपाईको प्रतिक्रिया
दियो खबर । १७ कार्तिक २०७७, सोमबार १९:०४