रूकुमकाेटमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सुरु

रुकुम पूर्व / रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ मा रहेको रुक्मिणि माध्यमिक विद्यालयमा तीन दिने निःशुल्क स्वास्थ्य शिबिर सुरु भएको छ । एक एक पाइला, सिस्ने गाउँपालिका, रुकुम पूर्व अस्पताल र गोपालबहादुर शाही परिवार विचको समन्वयमा स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

शिविरमा आँखा रोग सेवा, जनरल मेडिसिन, छाला रोग सेवा, कलेजो रोग सेवा, छाती तथा फोक्सो रोग सेवा, स्त्री तथा प्रसुती सम्बन्धी सेवा, दन्त रोग सेवा, बाल रोग सेवा, सामान्य शल्यक्रिया सेवा, नाक, कान, घाँटी सेवा, हाड जोर्नी सेवा, प्याथोलोजी सेवा, भिडियो एक्सरे सेवा र फार्मेसी लगायतका सेवा प्रवाह भइरहेका छन् ।

शिविरमा ३५ जना बढी डाक्टर सहितको स्वास्थ्यकर्मीहरुको टोली खटिएको सहजकर्ता केशवचन्द्र समालले जानकारी दिनुभयो । शिविरमा आज पहिलो दिन सेवा लिनेको चाप धेरै रहेको उहाँले बताउनुभयो । शिविरमा आउनेहरुको निःशुल्क स्वास्थ्य जाँचका साथै निःशल्क औषधि वितरण भइरहेको उहाँको भनाई छ ।

आज पहिलो दिन करिब ३ सय जनाले सेवा लिएको बताइएको छ । शिविर पर्सिसम्म संचालन हुने छ ।

तपाईको प्रतिक्रिया