दियो खबर संवाददाता काठमाडौ ।सत्तारूढ दल नेपाल कम्युनिस्ट पाटी ‘नेकपा ‘को भातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ‘अनेरास्ववियू’का प्रभावसाली नेता सुदेश पराजुलीले भने पार्टी एकताको मुल मर्म माधव नेपालले बचाउनु पर्छ ।नेपाल कम्युनिस्ट पाटी’नेकपा का वरिष्ठ नेता कमरेड माधव नेपालको इतिहास मा नै उहाँको उदाहरणीय गर्नु भएको छ।हिजो पञ्याचत कालमा तपाइले कम्युनिस्ट पार्टि निर्माण र एकतामा खेल्नु भएको भुमिका,बहुदलीय व्यवस्थामा नेपालको कम्युनिस्ट पार्टीलाई लोकप्रिय बनाउन पार्टी नेतृत्वमा रहेर गर्नु भएको योगदान, लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलन एवम् शान्ति प्रक्रियामा तपाईले गर्नु भएको नेतृत्व आज पनि नेपाली जनताले ससम्मान मनमा राखेका छन् । आज फेरी त्यस्तै अर्को समय आएको छ जसमा पार्टीलाई विधि, पद्धति र मापदण्ड अनुरूप गतिशिल बनाउने एवम् एकताको मूल मर्म अनुरूप एउटै डोरिमा बाॅध्ने जिम्मेवारी प्रमुख बनेर आएको छ । तपाईंको एजेण्डा अनुरूप बिधिमा आधारित मापदण्ड एवम् सन्तुलित नेतृत्वको जगमा विशाल कम्युनिस्ट पार्टी एकता जोगाउन र पार्टीलाई जनप्रीय बनाउने दायित्व पूरा गर्न संभव छ । यस काममा आम नेता कार्यकर्ताको विश्वास एवम् भरोसा रहेको भन्दै नेता पराजुलीले यस्तो लेखेका हुन हो।
पार्टी एकताको मुल मर्म माधव नेपालले बचाउनु पर्छ,विद्यार्थी नेता-पराजुली
तपाईको प्रतिक्रिया
दियो खबर । १७ कार्तिक २०७७, सोमबार १८:१५