मोटरसाइकल दुर्घटना हुँदा तेह्रथुममा एक युवकको मृत्यु

तेह्रथुम / तेह्रथुममा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

फेदाप गाउँपालिका वडानम्बर २ ओयाक्जुङ असुवा बस्ने ४२ वर्षीय चन्द्रबहादुर लिम्बुको मोटरसाईकल दुर्घटननामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक छे फिङजो भोटेले जानकारी दिए ।

शनिबार साँझ को२१प ४२२८ नम्बरको मोटरसाइकल चडेर घर गइरहेका लिम्बुको मृत्यु भएको हो । म्याङलुङबाट घर फर्कने क्रममा म्याङलुङ स्थीत दशगते पार्कमा मोटरसाइकल अनियन्त्रित भई सडकको पिलरमा ठोकिदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उपचारका लागि धरान लैलाने क्रममा उनको बाटोमै मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया