विष्टको दाबी :‘भारी अन्तरले हामीले चुनाव जित्दैछौँ’

कालिकोट / कालिकोट जिल्ला प्रदेश (ख) प्रदेश सभा सदस्यका वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार हिक्मत बहादुर विष्टले भारी अन्तरले गठबन्धनले चुनाव जित्ने दाबी गरेका छन् ।
दियो खबर संग विष्टले गठबन्धनले चुनाव जित्ने आधार पेश गर्दै भने, ‘गठबन्धनले प्रगतिशील एजेण्डा बोकेको छ ।

जनताले ठुलो त्याग र बलिदानी गरि निर्माण गरेको संविधानको रक्षा गठबन्धनको पहिलो शर्त हो । नयाँ संविधानमार्फत् प्राप्त भएको संघीय गणतन्त्र, समावेसी प्रणाली, कानुनी राज्यको पक्षमा गठबन्धन उभिएको छ । संविधानको रक्षा र यसको कार्यान्वयनमार्फत् विकास निर्माणको अगुवाइ गर्ने हाम्रो प्रतिवद्धता छ । जनताको चाहना पनि त्यही छ ।

त्यसमाथि पाँच दल एक ढिक्का भएका छौँ । उता प्रतिगामी गठबन्धनको अगुवाई एमालेले गरेको छ । यीनै कारणले गर्दा हाम्रो गठबन्धनले भारी अन्तरले चुनाव जित्दैछ ।’

जनताले संविधान विरोधी तत्वलाई राम्रोसँग चिनिसकेको बताउँदै विष्टले गठबन्धनलाई जनताले जिताउँने निश्चित रहेकाले पाँच वटै राजनीतिक दल पनि विकास र सम्बृद्धिका लागि जवाफदेही हुनुपर्ने बताए।२०७० सालको मत परिमाण हेर्ने हो भने  नेकपा माओवादी केन्द्र पहिलो शक्ति, नेकपा एमाले दोस्रो शक्ति,नेपाली काँग्रेस तेस्रो शक्ति हुन्।तर अहिले नेकपा एमाले विभाजन भए पछि नेकपा एकीकृत समाजवादी बने पछि दोस्रो शक्तिका रुपमा नेपाली स्थापित भएको छ।पहिलो शक्ति र दोस्रो शक्ति मिले पछि जित्ने आधार प्रष्ट रहेको समेत बताए ।

गठबन्धन बाट हिक्मत बहादुर विष्ट,नेकपा एमाले बाट विरेन्द्र वोगटी,नेकपा एकीकृत समाजवादी बाट,विश्वराज बम र स्वतन्त्र बाट लक्ष्मण बहादुर बम(पलाँतिकान्छा) उम्मेदवार छन्।

तपाईको प्रतिक्रिया