सुर्खेत /नेकपा एमाले अछाम जिल्ला निर्वाचन क्षेत्र (२) प्रदेश ( क) प्रदेशसभा सदस्यका उम्मेदवार समेत रहेका भीम बिष्टले अछाम जिल्ला निर्वाचन क्षेत्र २ प्रदेश (क)को विकासका लागि नेकपा एमालेले जित्नु पर्ने बताएका छन् ।
अछाम, पछिल्लो समय चिया पसल , टोल, चौतारी देखि हर घरमा भिम बहादुर बिष्टको निकै चर्चा चलिरहेको छ । राजनीतिशास्त्रमा एम• ए•गरेका बिष्ट आउदो मंसिर ४ गते हुने प्रदेस सभाको सदस्य निर्वाचनमा अछाम निर्वाचन क्षेत्र नम्बर २( क) बाट एमालेको उम्मेदवारका रूपमा आफ्नो प्रतिवद्धतापत्र साथ मत माग्न घरदैलो कार्यक्रमलाई तीब्रता दिदै छन् ।
गोठाले देखि किसान, युवा देखि वृद्ध, शिक्षक देखि विधार्थि, महिला देखि सिमान्तकृत वर्ग एंव वुद्धिजीवि देखि साधारण मतदाताका घर घरमा पुगेर जनताका समस्या बुझ्दै बिष्टले अब सधैं जनताको सुख दु:खमा रहने र जनताको शासक होइन सेबक बन्ने प्रण गर्दछु भनि सुर्य चिन्हमा मत हाली बिजयी गराउन आग्रह गरेका छन।
घरदैलोमा बिष्ट पुग्दा सबै मतदाता खुशि हुँदै आफ्ना दुखेसो उनि समक्ष राख्ने मात्रा नभैइ बिस्ट बाट दुखेसो को समाधान हुने अपेक्षा राखेको र सो जिम्मावार आफुले पुरा गर्ने उम्मेदवार बिस्टले बताए ।
मंसिर चार गतेको निर्वाचन जीवन र मरणको लडाई भएको बताए । परिर्वतन चाहने र यथास्थितिबादी बीचको लडाई हो उनले भने नेकपा एमालेले हारे परिर्वतन हार्ने छ । नेकपा प्रदेश सभा सदस्यका उम्मेदवार विष्टले मंसिर चारको निर्वाचन देशको भाग्य र भविश्य निर्धारण गर्ने माध्याम भएको बताए । यो हाम्रा सन्ततीको भाग्य र भविश्य निर्धारण गर्ने निर्वाचन हो उनले भने यो पटक नेकपा एमाले लाई जिताउन आवश्यक छ ।
प्रदेश(क)को विकासका लागि नेकपा एमालेले जित्नु पर्छ : विष्ट
तपाईको प्रतिक्रिया
भावना शर्मा । १६ कार्तिक २०७९, बुधबार १५:२८