सुर्खेत /नेकपा एकीकृत समाजवादी कालिकोट जिल्ला अध्यक्ष एवं प्रदेश (ख) प्रदेशसभा सदस्यका उम्मेदवार समेत रहेका विश्वराज बमले कालिकोट जिल्ला प्रदेश (ख)को विकासका लागि नेकपा एकीकृत समाजवादीले जित्नु पर्ने बताएका छन् ।
गृह पालिका सान्नित्रिवेणि गाउँपालिकामा निर्वाचन लक्षित भेलामा बोल्दै बमले नेकपा एकीकृत समाजवादीकोनेतृत्वले मात्र प्रदेश (ख)को समग्र विकासमा अगुवाई गर्न सक्ने बताए ।
मंसिर चार गतेको निर्वाचन जीवन र मरणको लडाई भएको बताए । परिर्वतन चाहने र यथास्थितिबादी बीचको लडाई हो उनले भने नेकपा एकीकृत समाजवादीेले हारे परिर्वतन हार्ने छ । नेकपा एकीकृत समाजवादि जिल्ला अध्यक्ष समेत रहेका बमले मंसिर चारको निर्वाचन देशको भाग्य र भविश्य निर्धारण गर्ने माध्याम भएको बताए । यो हाम्रा सन्ततीको भाग्य र भविश्य निर्धारण गर्ने निर्वाचन हो उनले भने यो पटक नेकपा एकीकृत समाजवादी लाई जिताउन आवश्यक छ ।
प्रदेश(ख)को विकासका लागि नेकपा (एस)ले जित्नु पर्छ : बम
तपाईको प्रतिक्रिया
भावना शर्मा । ५ कार्तिक २०७९, शनिबार १६:४५