एक बालिकाकाे सानीभेरीमा डुबेर मृत्यु

रुकुम पूर्व  / रुकुम पूर्व को सिस्ने गाउँपालिका वडा नम्बर ८ लम्पाकोट कि १४ बर्षिया अन्जली नाथको सानीभेरी नदीको किनारमा  डुबेर मृत्यु भएको छ । सिस्ने ३ को मुलपानी भन्ने ठाउँमा बुधबार पौडी खेल्ने क्रममा डुबेर नाथकाे मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।

बालिका बदाम खन्न गएकी हजुर आमालाई खाजा लिएर मुलपानी गएको समयमा पौडी खेल्न गएको प्रहरीले जनाएकाे छ । लामो समयसम्म घर नआए पछि आफन्तले खोजी गर्दा  सानीभेरी नदीको भँगालो छुटेर जम्मा भएको पानीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण खत्रीले जानकारी दिनुभयो ।

बालिकाकाे शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुकुम पूर्वमा राखिएको छ । लक्ष्मी माध्यमिक विद्यालय कोहलपुरमा कक्षा ८ मा अध्ययनरत बालिका दशैं मान्न मामाको घर सिस्ने ३ पोखरा आएकी हुन ।

तपाईको प्रतिक्रिया