रुकुम पूर्वमा सत्ता गठबन्धका उम्मेदवारलाई कालोझण्डा

रुकुम पूर्व / चुनावी भेटघाट र बैठकका लागि रुकुम पूर्वको भूमे गाउँपालिकाबाट पुथा उत्तरगंगा गाउँपालिका जाँदै गरेको सत्ता गठबन्धनको उम्मेदवार सहितका नेताहरुलाई कालो झण्डा देखाईएको छ ।

गठबन्धनको आन्तरिक कार्यक्रमका लागि हिडेका उम्मेदवार सहितको टोलीलाई स्वतन्त्र उम्मेदवार समर्थकले अवरोध गरेको बताईएको छ ।

जिल्लाको प्रदेश निर्वाचन क्षेत्र नम्बर ‘क’ मा चुनावको आन्तरिक तयारीको लागि हिडेका सत्ता गठबन्धनका उम्मेदवार तेजबहादुर ओली सहतिको टिमलाई अवरोध भएको बताईएको छ ।
गठबन्धन बैठकको लागि पुथाउत्तरगंगा ६ मयाङ हिडेका ओली सहितको टोलीलाई स्वतन्त्र उम्मेदवारले सोहि गाउँपालिका १२ को क्युवाङमा रोकेका छन् । क्युवाङ पुथाउत्तरगंगा गाउँपालिकाको प्रवेशद्धार हो ।

माओवादी नेता तथा गठबन्धन दलका तर्फबाट प्रदेश सभा क्षेत्र ‘क’ का उम्मेदवार ओलीका अनुसार गठबन्धनका समुहलाई स्वतन्त्र उम्ममेदवार सर्मथले कालो झण्डा देखाएका छन । उनीहरुले उम्मेदवार ओली समुहलाई अघी बढन नदिने चेतावनी पनि दिएका छन् । जसले गर्दा ओली सहित गएको टोली क्युवाङमा रोकिएको छ ।

भुमे गाउँपालिकाबाट मंगलबार विहान पुथाउत्तरगंगा गाउँपालिका हिडेको गठबन्धनको टोली बिहान ९ बजे देखि क्युवाङमै रोकिएको छ । क्युवाङमा स्वतन्त्र उम्मेदवार समर्थकले २ वटा कालो झाण्डा सहित गठबन्धनको टोलीलाई गाउँ पस्न नदिन नारा बाजी गरिरहेको बताईएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय तकसेराले रोक्ने प्रयास गरिरहेको छ ।

घटनाले उग्र रुप लिन सक्ने भन्दै अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक कृष्ण खत्री सहितको टोली क्युवाङ प्रस्थान गरेको छ । स्वतन्त्र उम्मेदवार समर्थकको अर्को समुह पुथाउत्तरगंगा गाउँपालिकाको केन्द्र तक प्रवेश गर्ने प्रवेशद्धारमा बसेको छ ।

गठबन्धनका उम्मेदवार आउने थाहा पाएपछि विहानै देखि स्वतन्त्र उम्मेदवार गेटमा बसिरहेका इलाका प्रहरी कार्यालय तकका इन्चार्ज खडक बुढा मगरले जानकारी दिनुभयो।

गठबन्धनको आन्तरिक कार्यक्रममा हिडेको समुहलाई गाउँ जान नदिने गरेर अवरोध गरिएको छ । निवार्चन क्षेत्र नम्बर ‘क’ मा सत्ता गठबन्धनमा तर्फबाट माओबादी केन्द्र, नेपाली काङग्रेस र एकीकृत समाजबादीका साझा उम्मेदवारको रुपमा तेजबहादुर ओली प्रदेश सभाको उम्मेदवार हुनुहुन्छ । उहाँ भूमे गाउँपालिका ६ निवासी हुनुहुन्छ ।

सोहि निर्वाचन क्षेत्रमा गठबन्धनको साझा उम्मेदवार प्रति असन्तुष्टि जनाउदै माओबादी केन्द्रका नेता सुरुल पुन र नेपाली काङग्रेसका दुत कुमार पुनले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । सुरुल पुथाउत्तरगंगा गाउँपालिका १ र दुतकुमार १२ नम्बर वडा निवासी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया