अपडेट

बिष्टले गरे चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौँ / नेकपा एमालेका नेता तथा अछाम –२ (क) प्रदेशसभाका उम्मेदवार भीम बहादुर बिष्टले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्नुभएको छ । नेकपा एमालेका प्रभावशाली नेता बिष्ट चुनावी प्रतिबद्धता सहित यतिबेला जनताको घरदैलोमा हुनुहुन्छ ।
घोषणपत्रमा उहाँले निर्वाचन क्षेत्र केन्द्रित योजना र व्यक्तिगत प्रतिबद्धता समावेश गर्नुभएको छ ।
आफूले चुनाव जितेमा समाजवादको आधारशिला तयार गर्न नीतिगत रुपमा स्वास्थ्य, शिक्षा सर्व सुलभ, निःशुल्क र प्रविधी मैत्री बनाउन बहश पैरवि गर्ने, जनताको जिवन स्तर उकास्न कृषिको आधुनिकरण गर्ने,महिला उद्यमशिलता र क्षमता अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
यस्तै उहाँले सडक सञ्जाल १२ महिने सञ्चालन गर्ने गरि सडकको विस्तार र कालेपत्रे र महत्वपुर्ण रणनितिक सडकहरु चिसापानी – जंघलघाट – गैरिटाड सडक, विनायक तोलि – कालेका‘डा ग्रामिण सडक, रहफ बेलखेत कालेकाडा सडक, चिल्ताडा – राँकु – कोशेड – रामारोशन सडक, बेलखेत बयला कमलबजार सडक र विनायक –लया‘टि – पुल्लेतोला हुँदै रामारोशन सडक विस्तार र कालोपत्रे गर्न विशेष पहल गर्नेलगायतका प्रतिबद्धता उहाँको  घोषणापत्रमा उल्लेख छ।
बिष्ट  गठबन्धनको समर्थनमा माओवादीका अक्कल रावलसंग  चुनावी प्रतिस्पर्धा गर्दैछन् ।

तपाईको प्रतिक्रिया