गजल-पारस रावल

म कुरेर बस्छु तिमी लुकेर आउनु !
दुष्मनले देख्लान आँखा छलेर आउनु !!
फोन गर्नलाई पैसा मोवाईलमा छैन!
मिस्कल गर्छु तिमी बुझेर आउनु !!
कुरा काटने कुरौटेको कमी छैन यहाँ!
नचिनिने गरी सल ओडेर आउनु !!
घरमा पनि गाह्रो होला तिमीलाई !
साथीकोमा जान्छु भनेर ढाटेर आउनु !!
पारस रावल
(बुढीगंगा नगरपालिका वडा नं १० बाह्रबिस बाजुरा )

तपाईको प्रतिक्रिया