अपडेट

नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ दुर्घटना, एक खेलाडीको मृत्यु

पोखरा / पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोतिास्थलमा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक खेलाडीको मृत्यु भएको छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लबको तर्फबाट भाग लिएका २६ वर्षीय निसिम थापाको मृत्यु भएको हो ।

खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अबस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशमा उडिरहेको अबस्थामा अकस्मात सराङकोटस्थित जमिनमा खसेको थियो । दुर्घटनामा घाइते थापाको स्थानीय मेट्रोसिटी अस्पतालमा पुर्याएलगत्तै डाक्टरले मृत घोषणा गरेका थिए ।
तपाईको प्रतिक्रिया