प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार बरालको चुनाव चिन्ह ‘पुतली ’

सुर्खेत / नेकपा माओवादी केन्द्रको राजनीतिमा सक्रिय रहेका काशी चन्द बराल रास्कोट नगरपालिकाका निवर्तमान मेयर हुन्। जनयुद्धकालदेखि नै माओवादीको राजनीतिमा सक्रिय उनी यसपटक स्वतन्त्र उम्मेदवारको रूपमा प्रस्तुत भएका छन्। बरालले गठबन्धनका उम्मेदवार महेन्द्र बहादुर शाही र नेकपा एमालेका उम्मेदवार नगिन्द्र शाही संग प्रतिस्पर्धा गर्दै छन्।
शाही नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा सत्तारूढ गठबन्धनका साझा उम्मेदवार हुन्। यस क्षेत्रको प्रदेश सभातर्फ गठबन्धनमा नेपाली काँग्रेसका हिक्मत बहादुर विष्टले उम्मेदवारी दिएका छन्। भने सत्ता गठबन्धन भित्रकै पार्टी  नेकपा एकीकृत समाजवादी कालिकोट जिल्ला अध्यक्ष विश्वराज बमले पनि प्रदेश सभा(ख) का लागि उम्मेदवारी दिएका छन् ।
गठबन्धनले कारबाहीको धम्की दिदा दिदै कालिकोटका नागरिकको भावनालाई आत्मासाथ गर्दै कारबाहीको प्रवाह नगरि बराल चुनावमा गठबन्धनका उम्मेदवार महेन्द्र बहादुर शाही र नेकपा एमालेका उम्मेदवार नगिन्द्र शाही सँग प्रतिष्पर्धा गर्न अगाडि बढेका छन् । उनको उम्मेदवारीको कालिकोटमा व्यापक चर्चा र समर्थन बटुलेको छ ।
सम्भवतः बरालको लोकप्रियता र गठबन्धनबाट रुष्ट मतले उनलाई राहत दिनेछ ।
नेतृत्वको अनावश्यक हस्ताक्षेप, हरेक क्षेत्रमा बढ्दै गएको विकृति ,राजनीतिमाथिको व्यापार आदि कुराले आजित हुदै स्वतन्त्र ढंगले समाज र देशको विकास ,सुशासनको पक्षमा काम गर्ने उदेश्य आफुले बिद्रोह गरेको बरालले दियो खबर संग बताए ।बराललाई बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यलयले चुनाव चिन्ह पुतली प्रदान गरेको छ । आफूले पुतली चुनाव चिन्ह पाएकाले सबैले सहयोग गर्न बरालले सबैलाई आग्रह गरेका छन ।

तपाईको प्रतिक्रिया