कविता-छोरी जन्माएकै दिनबाट म घरवास विहिन

श्रद्धय न्यायप्रेमी मेरा समर्थकहरु
मेरो पितृसत्तात्मक सोच भएको समाजमा
मैले मेरि छोरीको जन्म दिएकै दिनबाट
म घरवास विहिन भएकि छु ।
यो पुरुष प्रधान देश
वा पुरुष नै सर्वस्व हो भन्ने
चिन्तन भएको मेरो समाजमा
नारी सक्षम भएको पुष्टि हुदाहुदै
पनि छोरी जन्माउन बित्तिकै
म रगतको थोपा बगाउदै
घरबाट निकालिएकी छु ।
मलाइ त्यति धेरै माया गर्ने मेरा श्रीमानले नै
मेरो यो कोमल शरीरमा चोटै चोटको निल डाम पार्दिएका छन ।
एकातिर
छोरी जन्माउदा बगेको रगत र पीडा त छदै छ
झन श्रीमानको कुटाइबाट ज्यान थिलो थिलो भएको छ
रक्ताम्य भएको छ ।
आज मनमा भक्कानो उठेको छ
आखाबाट आँसु रोकिएको छैन ।
किन कि
म त्यही अभागी आमा हौं
जसले सुत्केरी हुदा पाउने स्याहार सुसार
अझ धेरै माया पाउनुको सट्टा
घरबाट थला परेर निकालिएकि छु ।
न कसैको दया छ न कसैको माया
अझ उल्टै गास बाँस र कपासको बेखबर छ ।
भावना शर्मा, रुकुम पश्चिम

तपाईको प्रतिक्रिया