काठमाडौं/भीम रावलले नपाउने भए टिकट, माओवादीबाट आएका बोहोरा एमालेको उम्मेदवार
निकै चासो र चर्चामा रहेको अछाम क्षेत्र नम्बर १ मा एमालेबाट झपट बोहोरा उम्मेदवार बन्ने भएका छन् ।
उक्त क्षेत्रका लागि पार्टी कमिटीबाट एकल सिफारिश भएका भीम रावललाई पन्छाएर एमाले अध्यक्ष केपी शर्मा ओलीले बोहोरालाई उम्मेदवार बनाउने निर्णय लिएका हुन् ।
एमाले केन्द्रीय कमिटी सदस्य समेत रहेका बोहोरा हाल पार्टीको अछाम जिल्ला इञ्चार्ज छन् ।
पार्टीमा प्रतिपक्षी भूमिका निर्वाह गर्दै आएका रावललाई टिकट नदिने संकेत ओलीले यसअघि नै गरेका थिए
अछामसहित सुदूरपश्चिमका नेताहरूसँगको भेटमा ओलीले रावलको नाम एकल सिफारिश गरेकोमा आपत्ति जनाएका थिए ।
सोही कारण अछाम १ मा कसले टिकट पाउँछ भन्ने विषयलाई निकै चासोका साथ हेरिएको थियो ।
रावलको ठाउँमा बोहोरा उम्मेदवार बन्ने पक्कापक्की भएको एमाले सुदूरपश्चिमका एक प्रभावशाली नेताले जानकारी दिए ।
१० बुँदे सहमति गरेर पार्टीमा बसेका नेताहरूलाई आत्मालोचना नगरी उम्मेदवार नबनाउने पक्षमा अध्यक्ष ओली छन् । जसका कारण रावलसँगै घनश्याम भुसालले पनि टिकट पाउन मुस्किल देखिएको छ ।
दियो खबर । २१ आश्विन २०७९, शुक्रबार १८:१८