काठमाडौं /नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले गरेको मागलाई स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरीय निर्णय गरेको छ। विद्यार्थीलाई स्वास्थ्य सेवामा ५० प्रतिशत छुट दिन माग गर्दै आएकोमा अब उक्त माग अब पूरा हुने भएको छ ।
२०७९ असोज ९ गते स्वास्थ मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार सरकारी अस्पतालको ओपीडी सेवामा विद्यार्थी परिचयपत्रको आधारमा ५० प्रतिशत छुटको व्यवस्था लागू हुने भएको छ ।
अनेरास्ववीयूले २०७९ श्रावण ४ गते स्वास्थ सेवामा विद्यार्थीलाई ५० प्रतिशत छुट माग्दै स्वास्थमन्त्री भवानी खापुङसमक्ष ज्ञापनपत्र पेस गरेको थियो । साथै गत भदौ ३० गते ध्यानाकर्षणपत्र पेस गरेको गरेको थियो ।
सोमबार रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्रकार सम्मेलन गर्दै उक्त कुराको जानकारी अनेरास्ववियूका महासचिव आरति लामाले बताइन् ।अनेरास्ववियूको ध्यानाकर्षणपत्र पेस स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरीय निर्णय ५० प्रतिशत छुट् पाउने अस्पतालहरु निम्न छन् ।
स्वास्थ्य सेवामा विद्यार्थीले पाउने भए ५० प्रतिशत छुट
तपाईको प्रतिक्रिया
दियो खबर । १० आश्विन २०७९, सोमबार १७:३६