महावै गाउँपालिका अध्यक्ष सिंह संग विकासको बारे संक्षिप्त कुराकानी

कालिकोट /महावै गाउँपालिका अध्यक्ष खेम बहादुर सिंह (भिजन) कालिकोट जिल्लाका आशालाग्दा युवा नेता हुन्।स्थानीय तहको निर्वाचनमा २२७४मत ल्याएर जनताका प्रिय नेताका रुपमा उदाएका सिंहले गाउँपालिका सम्मालेको ५ महिना भयो यो अबधिम गाउँपालिकाले गरेको बिकास निर्माणका के-के कामभए ।महावै गाउँपालिका लाई कसरी आर्थिक समृद्धिका रुपमा विकसित गर्न सकिन्छ ।लगायतका विविध विषयमा केन्द्रित रहेर अध्यक्ष सिंहसंग दियो खबरले गरेको कुराकानी।
• हिजोआज के काममा व्यस्त हुनुहुन्छ ?
✍️ हिजो आज पालिकाको काममा ब्यस्त छु।योजना अनुगमनको संयोजक उपाध्यक्ष ज्यु हुनुहुन्छ गयको आर्थिक बर्षमा महाबैमा काम अनुसार को दाम भएको छ।उचित मुल्यांकन गरेर मात्र भुक्तानी दिने काम भएको छ।पहिलाको काम नगरेर पैसा भुक्तानी लिने परम्परा को अन्त्य भएको छ।आजकाल आलोचना होईन प्रसंशा भएको पाइन्छ।
• तपाईंले निर्वाचित भइसके पछि महावै मा शिक्षा क्षेत्रमा के परिवर्तन ल्याउनु हुन्छ?
✍️ शिक्षाक्षेत्र लाई पहिलो प्राथमिकता राखेका छौ।बजेट देखि सुधारका कार्यक्रम तय गरिएको छ।वालशिक्षा लाई प्रत्येक वडा स्तरमा नमुना गर्ने कार्यक्रम तयार गरिएको छ।
परीक्षा प्रणालीमा सुधार गर्ने योजना छ।कक्षा ८ कामा प्रथम हुने एक जना छात्र र एक जना छात्र लाई प्रोत्साहन गर्ने कार्यक्रम तयार गरिएको छ।
विद्यालयमा भौतिक पुर्वाधारमा विशेषगरि शौचालय र खानेपानी लाई अनिवार्य गरिएको छ।अन्य पुर्वाधारमा पनि जोड् दिने कार्यक्रम रहेको छ।
लोकसेवा र शिक्षा सेवामा पहिलो पेपर उतिर्ण बिद्यार्थी लाई प्रोत्साहनको कार्यक्रम तयार गरिएको छ।अपांग बिद्यार्थी हरुलाइ छात्रवृत्तिदिने कार्यक्रम रहेको छ।
गरिव परिवारलाई उच्च शिक्षा विशेष गरि(mbbs) मा छात्रवृत्तिको लागि बजेटको ब्याबस्थापन गरिएको छ।
• स्वास्थ्यमा के सुधार ल्याउने तयारी गर्नु भएको छ।
✍️ स्वास्थ क्षेत्र हाम्रो दोस्रो प्राथमिकतामा छ।जसको सुधारका लागि तपशिल का कार्यक्रम बनाएको छौँ ।
गरिव परिवारलाई निशुल्क स्वास्थ बिमाको कार्यक्रम लागू गरिएको छ।गाउँमा भएका स्वास्थ चौकी हरुको सुधार गर्ने कार्यक्रम बनाइएको छ।
बर्थिङ सेन्टरको स्तर वृद्धि बनाउनेतर्फ जोड् दिने कार्यक्रम रहेको छ।
महाबै सामुदायिक अस्पताल को स्तर वृद्धि को कार्यक्रम बनाउने योजना छ।
हरेक महिनाको १५ गते अनिवार्य सरसफाइको कार्यक्रम बनाइएको छ।जस्ले रोग लाग्न बाट बचिन्छ।
शुद्ध खानेपानी प्रयोग को लागि फिल्टर बितरण र प्रयोगलाई अनिवार्य गरिएको छ
कर्णाली स्वास्थ बिज्ञान प्रतिष्ठान संग सहकार्य गरि नियमित स्वास्थ शिबिर को कार्यक्रम तय गरिएको छ।
• महावैका हजारौं बेरोजगार युवाहरु लाई कसरी व्यवस्था गर्नु हुन्छ?
✍️ बेरोजगारी समस्या समाधानका लागी पनि ६ महिना रोजगार दिने योजना सहित को कार्यक्रम तय गरेको छु।
बेरोजगार युवाहरु ज्ञान सिप र क्षमता अनुसारको रोजगार सिर्जना गर्ने लक्ष्य लिएको बताए ।
• तपाईंको नजरमा गाउँपालिकाको आर्थिक समृद्धिका आधारहरु के-के हुन ?
✍️ पालिकाको आर्थिक समृद्धिको आधार जनताको उत्पादनमा वृद्धि गर्ने वडालाई उत्पादन पकेट तयार गर्ने योजना छ।आत्मनिर्भर बन्नु नै पहिलो आधार हो।
• यहाँको पर्यटन क्षेत्रको विकासका लागि गाउँपालिकाले के-कस्तो योजना बनाएको छ?
✍️ पर्यटन पुर्वाधार को विकासलाई पहिचान गर्न भिडियो डकुमेन्ट्री तयार गरि प्रचार प्रशार गर्ने योजना छ।जस्ले आन्तरिक एवं बाह्य पर्यटकलाई भित्र्याउन यस भिडियो डकुमेन्ट्रीले सहयोग गर्ने छ।
• जनप्रतिनिधिले भ्रष्टाचार गर्ने इच्छाअनुसार योजना बनाउछन् भन्ने आरोप छ नि?
जनप्रतिनिधि को इच्छा भन्दापनी जनताको आवश्यकताका आधारमा योजना तयार गरिएको छ।जुन बस्तिस्तर बाट छनौट भएर आएका योजनाहरु लाई पहिलो प्रथामिकतामा राखेको समेत बताए ।
• अन्तमा के भन्नू हुन्छ ?
✍️ अन्तमा महाबै गाउँपालिका को विकास भने जस्तो सजिलो छैन केही जटिलता हरु छ्न तापनी यी जटिलता हरुलाइ चिर्दै अगाडि बढ्नु हाम्रो प्रमुख जिम्मेवारी हो ।
कालिकोट जिल्ला , महावै गाउँपालिका आमा-बुवा दाजुभाइ दिदिबहिनी र समस्त स्वदेश तथा विदेशमा रहनु नेपालीहरुमा वडा दशैं तथा शुभदिपावली२०७९को हार्दिक सबैमा हार्दिक शुभकामना समेत दिएका छन् ।
अहिलेको विषम घडीमा दुर्गा माताले सबैलाई धैर्यधारण गरि घरभित्रै बस्न सक्ने शक्ति प्रदान गरून् ।

तपाईको प्रतिक्रिया