लुम्बिनी प्रदेश महिला भलिबलमा रूकुम पूर्व प्रथम

रुकुम पूर्व / ९ औँ राष्ट्रिय खेलकूद लुम्बिनी  प्रदेश  छनोट प्रतियोगितामा महिला भलिबल तर्फ रुकुम पूर्वले सानदार जित गरेको छ । दाङमा सञ्चालन भइरहेको प्रदेश स्तरीय ९ औँ राष्ट्रिय खेलकूदमा महिला भलिबल तर्फ रुकुम पूर्वले सानदार जित गरेको हो ।

रुकुम पूर्वले सुरुमा पाल्पालाई हराउँदै क्रमशः बर्दिया, बाँके हुँदै फाइनलमा दाङलाई हराएर प्रदेशमा पहिलो पटक रुकुम पूर्वले महिला भलिबल तर्फ ऐतिहासिक च्याम्पियन जित हासिल गरेको जिल्ला खेलकूद समितिका अध्यक्ष नामेन्द्र सुनारले कखरालाई जानकारी दिनुभयो । रुकुम पूर्वमा पनि अब खेलकूद क्षेत्रको विकास भइरहेको भन्ने नतिजा आइरहेको अध्यक्ष सुनारले कखरासँग कुराकानी गर्दै खुसी व्यक्त गर्नुभयो ।

साथै तेक्वान्दो महिला तर्फमा पनि रुकुम पूर्वकै बिना बुढा तेस्रो हुनु भएको छ । रुकुम पूर्वबाट प्रदेश स्तरीय ९ औँ राष्ट्रिय खेलकूदमा पुरुष÷महिला भलिबल तर्फ ९/९ जना, कराते तर्फ एक महिला, ५ पुरुष, तेक्वान्दो तर्फ महिला/पुरुष ५/५ जना खेलाडीलाई छनोट गरी प्रदेश स्तरीय खेलमा सहभागि गराइएको अध्यक्ष सुनारले कखरालाई बताउनुभयो ।

यस्तैगरी बुद्धिचाल तर्फ पुरुष २ जना, एथ्लेटिक्स तर्फ महिला/पुरुष ४/४ जना, आइटीएफ तेक्वान्दो तर्फ महिला/पुरुष ६/६ जना, बक्सिङ तर्फ पुरुष २ जना र व्याड्मिन्टन तर्फ महिला/पुरुष २/२ जनालाई जिल्लाबाट छनोट गरी प्रदेश स्तरीय ९ औँ राष्ट्रिय खेलकूदमा प्रतिस्पर्धाको लागि सहभागि गराइएको छ ।

हाल सम्म महिला भलिबल र महिला तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । अन्य विधिका खेल हुन बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया