“बा आमाको संघर्ष “मेराे सपना

” बा आमाको संघर्ष “मेराे सपना मेरो जिन्दगीको सफर सामान्य ठाँउ र सामान्य परिवारबाट हुन्छ । जहाँ खान लगाउनका लागि मुस्किल पर्दथ्यो ।बा आमाको यात्रा सफर बुढेसकालमा भारतमा रहन्छ । जहाँ मेरा र सबै परिवारका लागि दसैं तिहार जस्ता महान चाँड पनि बा आमाको दसैं-तिहार महान चाड परदेशमै टर्दछ ।
बुढेसकालमा हाम्रो कारण भोक प्यास दुःख नभनि र हद भन्दा बढि खटिएका मेरा बा आमा मेरा लागि सदा यूवा जवान भएको ।
एउटा प्रश्न ? बा आमालाई चिल्ला गाडी ,नयाँ लुगा, ठुला महल, र फाटेका चप्पल फेर्न मन लाग्दैन ? किन बाका अनुहारमा निराश पन र न्यास्रो पन देखिन्न ? किन आमाको मुहारमा अरुका जस्ता सुखका दिन र रंगीबिरंगी नौला कपडा र गरगहना लगाउन अलिकति पनि इच्छा ,चाहना ,उत्सुक देखिन्न ? जवाफ दिनुहोस् कसैले ? बाध्यता हो या छोराछोरी घरपरिवारको प्रतिको जिम्मेवारीले थिचिएका भविष्यका रहर या राम्रो होला भन्ने आस ? बुझिन ?
मेरा बा आमाको आँखाबाट न खसेका आँशुका थोपा र आमाको इच्छा र चाहना विपरित मैले बाहिरबाट देखेको केवल खुसी मेरो कल्पना हो कि मेरा बा आमाको खुसी , रहर अनि बाध्यता छुट्याउन सकिन ? बाका आँखाबाट नखसेका आसुले दुखी पन देखाउँछ या जिम्मेवारी प्रति को खुसि यो पनि छुट्याउन सकिन ?
बा-आमाको जोश जवानी सकियो परिवारमा छोराछोरीको इच्छा ,आकांक्षा ,सपना र राम्रो लगाउन , मिठो खान, घुम्न फिर्न र पढाइ यी सबै एकैचोटि तगारो बने मेरा बा आमा प्रतिको जिम्मेवारि ,तैपनि बाआमा अझै हारेनन् भन्छन्-बा पढ्न यो गर त्यो गर हामी छौं तिमी हरू ले जे गर्दा नि हामी तिमीप्रति खुसी छौं । तिनी हाम्रा अमूल्य सम्पत्ति हौ ।
कठै ! मेरा बाआमाको सोझोपन ,झुटो बोलीले ,हासो र हौसला सम्पत्ति हामी थियौँ या बुढेसकालमा अर्काको देशमा गुलामी बनी हाम्रा निम्ति कमाएको पैसा ? मैले बुझ्न सकिन । मैले ठ्याक्कै ठम्याउन सकिन । मेरा बा आमाको देखावटी हाँसो , खुसी विश्वास र हामीलाई दिएको हौसलाको क्षमता उच्चता लियो उनी देखावटी रुपमा उनी जहिले विनर बने । गरिबीका इच्छा पनि कति तागतिला हुन्छन है देख्न सजिलै सग सकिने तर पूरा न हुने । बा आमाको संघर्ष र दुख पन थाहा हुँदा हुँदै पनि सबै गर्न इच्छा हुने ।
कठै ! गरिबी र अधूरा सपना बा आमाको बुढेसकाल को आशावादी सपना र यात्रा सम्झिँदा पनि खित्का छोडेर हाँस्न मन लाग्छ । बा आमाको को पसिना दुःख कष्ट र न्यास्रो पनमा पनि हामी उहाँहरू माथि नाचिरहेका छौं ,हाँसिरहेका छौं । गरिविपन र बा आमाका दुःख सम्झिन्छु लाग्छ सबै गरेर अगाडि बढ्छु बाआमाका सदा मेरो आँखा अगाडि बनेर उभिरहनु झलमल्ल तर फेरि सबै गर्न आर्थिक बिपन्न उफ् !!
नसकिने रहेछ गरिबी पनलाई जित्न लौ मैले कल्पना पो गरेछु काँस ,कल्पनामा गरिएका कलिला कोपिला जस्ता उम्रेका मेरा सपना विपनामा परिणत भई दिएको भए ।सपना संग युद्ध धनीको मात्र हुन्छ र गरिबीको त् दुःख ,रोधन् ,आँसु ,अधुरा सपना अधुरा रात, सग युद्ध हुन्छ । सपना देख्ने मात्र तहो क्यारे ! कहिलेकाहीँ हद भन्दा बढीको सपनाले पनि औकात देखाइदिन्छ । निभ्न लागेको दियो , निरासाको दियो
बस् भगवान् एउटा बरदान देउ जहाँ बुढा भएका बाआमाका लागि हाम्रा लागि गरेका तप, तपस्या हामीमाथि लिएको भावुक पूर्ण जिम्मेवारी काँधमा राखिएका उनका खुशी र ऋण फिर्ता गर्न पाउ एक गास खान ,लगाउन ,बस्न र हाम्रो निम्ति संघर्षको बाटो हिँड्दा हिँड्दै फाटेका उनका पैताला मा फुलै फुलको फराकिलो बाटो बनाई मलम लगाउन सकु र चुटिएका उनका चप्पल दिलाउन सकु योभन्दा धेरै अपेक्षा राखेको छैन बस् यति त होनि।बुढेसकालमा जोश जाँगर सकिएका मेरा बाआमा मप्रति अझै आशावान र विश्वस्तता छन् । मागेर मिल्ने भए सहारा बिना भौतारिएका हामी / परिवार प्रति खिचिएका मेरा बा आमाका पहिलो इच्छा चाहना खुसी माग्थे । बुढा भएका बाआमाले हामीप्रति जिम्मेवारी पूरा गरेको भनु या ऋण प्रश्न गर्न सकिन ,छुट्याउन सकिन, बाआमा हाम्रा लागि गुलामि हुन या जिम्मेवारी लिएका जिम्मेवारक,?बाआमाका निम्ति कुनै पनि शब्द प्राप्त छैनन् ।
लेखक:ऋतु देवकोटा कानुनको विद्यार्थी
कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका -३ ताडि

तपाईको प्रतिक्रिया