कालिकोट समाजवादीको अध्यक्षमा चित्र सिंह गाउँले

कालिकोट — नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी कालिकोटको अध्यक्षमा चित्र सिंह गाउँले सर्वसम्मत निर्वाचित भएका छन्। चैत ३० र ३१ गते सम्पन्न जिल्ला अधिवेशनले गाउँलेको नेतृत्वमा ५३ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो।

पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरेको अधिवेशनले उपाध्यक्षमा चन्द्रबहादुर शाही, सचिवमा कृष्णकला पाण्डे, उपसचिवमा मनसिंह धामी, धीरबहादुर शाही र रत्न मल्ललाई चयन गरेको छ।

केन्द्रीय सदस्य विश्वराज बमका अनुसार पार्टी उपाध्यक्ष प्रकाश ज्वाला, प्रदेश इन्चार्ज चन्द्रबहादुर शाही र प्रदेश अध्यक्ष ठगेन्द्रप्रकाश पुरीसहितका नेताहरूको सहमतिमा नेतृत्व चयन गरिएको हो।

प्रदेश (ख) तर्फ अध्यक्षमा राजेन्द्र बिष्ट, उपाध्यक्षमा महेन्द्र शाही, सचिवमा नवराज महतारा र उपसचिवमा कृष्ण न्यौपाने तथा भानु सुवेदी चयन भएका छन्।

तपाईको प्रतिक्रिया