नेकपा (एस) प्रदेश ‘क’ र खाँडाचक्र नगर कमिटीको अधिवेशन उद्घाटन, पाण्डेले भने – समाजवादबिना समृद्धि सम्भव छैन


कालिकोट/नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)
प्रदेशसभा ‘क’ र खाँडाचक्र नगर कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ। अधिवेशन मदन चौलागाईंको अध्यक्षतामा खाँडाचक्रमा सम्पन्न भएको हो।कार्यक्रमका प्रमुख अतिथि पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डे थिए। साथै, पार्टी सचिव तथा कर्णाली प्रदेश इन्चार्ज चन्द्र बहादुर शाही, संविधान सभा सदस्य तुलाराज विष्ट, कर्णाली प्रदेश अध्यक्ष ठगेन्द्र प्रकाश पुरी, कर्णाली प्रदेश कमिटी सचिव धिर बहादुर विष्ट, जिल्ला इन्चार्ज तुलाराज सिम्खडा, जिल्ला अध्यक्ष चित्रसिंह गाउँले, उपाध्यक्ष एवं खाँडाचक्र नगरपालिकाका नगरप्रमुख कमल बहादुर शाही, प्रदेश कमिटी सदस्यहरु  लाल बहादुर मल्ल,नवराज देवकोटा ,पूर्ण बहादुर शाही ,राधिका शाही ,सचिव कृष्णकला पाण्डे लगायतका नेताहरूको उपस्थिति रहेको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पाण्डेले मुलुकको समृद्धि समाजवादी व्यवस्था बिना सम्भव नभएको बताए। उनले वर्तमान सत्तारूढ गठबन्धनले समाजवादलाई केवल नारा बनाएर जनताको आँखामा छारो हाल्ने काम गरेको भन्दै कटाक्ष गरे। सत्ता स्वार्थकालागि गठबन्धन गर्नेहरू समाजवादी विचारधाराका सच्चा अनुयायी हुनै सक्दैनन्,” उनले भने।

पाण्डेले समाजवादी विचारधाराले मात्र श्रमिक, किसान, मध्यम वर्ग, उत्पीडित समुदाय र युवा वर्गको भविष्य सुरक्षित गर्न सक्ने बताए। हिजो पञ्चायती व्यवस्थाले दमन गर्‍यो, आजका नवसामन्तहरूले त्यसैलाई दोहोर्‍याउने प्रयास गरिरहेका छन्। हामी त्यो स्वीकार्दैनौं,”उनले थपे। पाण्डेले नेकपा (एस) लाई सशक्त संगठनका रूपमा अगाडि बढाउन कार्यकर्ताहरूले जनतासँग प्रत्यक्ष सम्पर्क बढाउनु पर्नेमा जोड दिए।

सचिव तथा कर्णाली प्रदेश इन्चार्ज चन्द्र बहादुर शाहीले समाजवाद कुनै काल्पनिक अवधारणा नभई उत्पादनका साधनमाथि जनताको स्वामित्व स्थापित गर्ने वैज्ञानिक प्रणाली भएको उल्लेख गरे। उनले भने, आजको चुनौती दलाल पूँजीवाद नवसामन्ती प्रवृत्तिको अन्त्यगर्दै समाजवादी व्यवस्था संस्थागत गर्ने हो।

संविधान सभा सदस्य तुलाराज विष्टले संविधानमा समाजवाद उन्मुख राज्य व्यवस्था सुनिश्चित गरिएको भए पनि व्यवहारमा त्यसको कार्यान्वयन कमजोर रहेको बताए। संविधानमै समाजवाद लेखेर मात्र पुग्दैन, त्यसलाई जनताको जीवनमा लागू गर्न राज्य संयन्त्रकोसोच बदलिनुपर्छ,” उनले भने।

कर्णाली प्रदेश अध्यक्ष ठगेन्द्र प्रकाश पुरीले समानताको समाज निर्माणका लागि समाजवादी विचारधाराप्रति दृढ रहनुपर्ने बताए। हाम्रोमुख्य जिम्मेवारी समाजवादी विचारधारालाई व्यवहारिक रूपमा कार्यान्वयन गर्नु हो,” उनले भने।

कर्णाली प्रदेश कमिटी सचिव धिर बहादुर विष्टले समाजवादी प्रणालीलाई बलियो बनाउन कार्यकर्ताहरूको एकता अपरिहार्य भएको बताए। हाम्रो आन्दोलन कुनै व्यक्तिको लागि होइन, श्रमिक किसानको हक स्थापित गर्न हो,” उनले थपे।

जिल्ला इन्चार्ज तुलाराज सिम्खडाले स्थानीय तहसम्म संगठनलाई बलियो बनाउँदै समाजवादी विचारधारालाई व्यवहारमा लागू गर्नुपर्ने बताए। अबको राजनीति वर्ग संघर्षको आधारमा अघि बढ्छ,” उनले भने।

जिल्ला अध्यक्ष चित्रसिंह गाउँलेले समाजवादी व्यवस्थाको स्थायित्वका लागि पार्टीको संगठन सुदृढ बनाउनु पर्ने बताए। हामीले केवलचुनाव जित्न होइन, समाज परिवर्तन गर्न राजनीति गरिरहेका छौं,” उनले भने।

उपाध्यक्ष एवं खाँडाचक्र नगरपालिकाका नगरप्रमुख कमल बहादुर शाहीले समाजवादी व्यवस्थाको सशक्त कार्यान्वयनमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने बताए। उनले भने, स्थानीय सरकार बलियो भए मात्र समाजवादको आधार बलियो हुन्छ। त्यसैले, हामी सबैले जनताको चाहनालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्छ।उनले विकास निर्माणका काममा अनावश्यक अवरोध खडा गर्ने तत्वहरू सक्रिय रहेको भन्दै त्यसलाई जनताले नै चिर्नुपर्ने बताए। कतिपय अराजक तत्वहरू राजनीतिक स्वार्थका लागि विकासकाकाम अवरुद्ध गर्ने खेलमा लागेका छन्। ती प्रवृत्तिहरूको पहिचान गरी तिनलाई जनताले नै खारेज गर्नुपर्छ,” उनले भने।

शाहीले समृद्ध समाज निर्माणका लागि सबै राजनीतिक दलहरूबीच विकासका मुद्दामा साझा सहमति हुनुपर्ने धारणा राखे। हाम्रोप्राथमिकता जनताको सेवा हो। विकास समृद्धिका काममा कुनै पनि अवरोध सह्य हुँदैन,” उनले थपे।

नेकपा (एस) मा सात जना नयाँ प्रवेश यस अधिवेशनमा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेस र नेकपा (एमाले) का सात जना कार्यकर्ता नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्। समाजवादी विचारबाट प्रभावित भई पार्टी प्रवेश गर्नेहरूलाई स्वागत गर्दै नेताहरूले समाजवादी आन्दोलनलाई थप सशक्त बनाउन योगदान दिनुपर्ने  समाजवादी प्रेस संगठनका कालिकोट जिल्ला उपाध्यक्ष प्रभुराम पाण्डेले बताए।

तपाईको प्रतिक्रिया