सुर्खेत / राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपाल कर्णाली प्रदेशको दोस्रो प्रदेश अधिवेशनको उद्घाटन सम्पन्न भएको छ। यस अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।
स्वास्थ्यकर्मी नेता शंकर प्रसाद वरालका अनुसार, कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) का स्वास्थ्य विभाग प्रमुख तथा प्रतिनिधि सभा सदस्य कृष्णगोपाल श्रेष्ठ रहेका छन्। विशिष्ट अतिथि कर्णाली प्रदेशका मुख्यमन्त्री एवं एमाले नेता यामलाल कँडेल तथा विशेष अतिथि महासंघका केन्द्रीय अध्यक्ष डा. झलक गौतम रहेका छन्।
वरालका अनुसार उद्घाटन समारोहमा विभिन्न क्षेत्रका जिम्मेवार नेतृत्वको उपस्थिति रहेको छ।
दियो खबर । १ चैत्र २०८१, शनिबार १५:१२