कालीकोट — शुभकालीका गाउँपालीकाकी उपाध्यक्ष धर्मकला शाही काठमाण्डौ मेडिकल कलेज (केएमसी) मा उपचार गराइरहेका शुभकालिकाका बिरामीहरूको व्यवस्थापनमा सक्रिय छिन्। फागुन ६-७ गते गाउँपालिकाको समन्वयमा आयोजित स्वास्थ्य शिविरबाट रिफर गरिएका करिब १०० बिरामी अहिले केएमसीमा उपचार गराइरहेका छन्।
गरिब, विपन्न र दलित समुदायका बिरामीहरूको उपचार निःशुल्क भइरहेको उपाध्यक्ष शाहीले जानकारी दिइन्। उनले बिरामीहरूको उपचार निःशुल्क गरिदिएकोमा केएमसी मेडिकल कलेजका सञ्चालक डा. शुनिल शर्मालाई धन्यवाद दिँदै मेडिकल कलेजलाई ‘जीवित भगवान’ सरह सहयोगी भएको बताइन्।
शुभकालीकाबाट रिफर भएका एक बिरामीले भने, “हामी जस्ता गरिब परिवारका लागि यो उपचार ठूलो राहत हो। केएमसीमा निःशुल्क उपचार पाउँदा जीवनमा नयाँ आशा पलाएको छ।”
गाउँपालिकाले नागरिकका समस्याहरूको समाधानका लागि निरन्तर प्रयास गरिरहेको नेपाली कांग्रेसका उपसभापति नन्दबहादुर शाहीले बताए।
यो समाचार पत्रकार पुष्पराज भट्टाराईले तयार पारेका हुन्।
दियो खबर । १ चैत्र २०८१, शनिबार २१:१५