फुकुओका– जापानस्थित नेपाली दूतावास, टोकियोले गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान तथा क्षेत्रीय संघसंस्थाहरूको सहकार्यमा फुकुओकामा घुम्ती कन्सुलर सेवा सञ्चालन गर्ने भएको छ। आगामी चैत १५ र १६ गते (मार्च २८ र ३०) हुने यस सेवामा विद्युतीय राहदानी (ई-पासपोर्ट) आवेदन, नवीकरण तथा अन्य कन्सुलर सेवाहरू प्रदान गरिनेछ।
सेवा सञ्चालनको समय र स्थान
मिति: २०८१ चैत १५ र १६ (२०२५ मार्च २८ र ३०)
समय: बिहान ९:०० देखि साँझ ४:०० (मध्यान्ह १२:३०–१:३० लन्च ब्रेक)
स्थान: Fukuoka City Hakata Civic Center, 1-13-10 Sanno, Hakata Ward, Fukuoka City, Fukuoka Prefecture
राहदानी सेवाका लागि आवश्यक जानकारी
राहदानी सेवाका लागि Pre-Enrollment (पूर्व-नाम दर्ता) अनिवार्य गरिएको छ।
पूर्व-नाम दर्ता चैत १५ देखि १७ गते (मार्च २८–३०) सम्म खुला रहनेछ।
राहदानी नवीकरणका लागि पुरानो राहदानी अनिवार्य रूपमा बुझाउनुपर्नेछ।
अन्य कन्सुलर सेवाहरू राहदानी सेवाबाहेक यात्रा अनुमतिपत्र, दस्तखत प्रमाणिकरण, कागजात प्रमाणिकरण, नागरिकता सम्बन्धी सेवाहरू पनि उपलब्ध हुनेछन्।
सम्पर्क व्यक्ति
सेवा सम्बन्धी थप जानकारीका लागि निम्न सम्पर्क व्यक्तिहरूसँग सम्पर्क गर्न सकिन्छः
देवराज उप्रेती 080-4287-1414,भीमबहादुर गुरुङ090-2961-4275,रामकृष्ण श्रेष्ठ 080-3378-4052 ,ज्योति के.सी 090-6425-9846,
कृष्णहरी पाठक 070-2347-1834,
केशव कुमार लामिछाने 070-2396-2383,
नारायण सुवेदी 080-3952-0535 ,भिम बहादुर बुढाथोकी 080-8363-9610,रोशन दाहाल 070-7581-7446एनआरएनए क्युशु शाखाका सचिव केशव कुमार लामिछानेले नेपाली समुदायलाई सेवा समयमा लिन आग्रह गरेका छन्। साथै, दूतावासले थप जानकारीका लागि आधिकारिक वेबसाइट वा सम्पर्क व्यक्तिहरूसँग सम्पर्क गर्न अनुरोध गरेको छ।
दियो खबर । १ चैत्र २०८१, शनिबार ०८:५६