महावैमा नारी दिवस सम्पन्न,अध्यक्ष सिंहद्वारा ११५ एकल महिला सम्मानित

कालिकोट /जिल्लाको महावै गाउँपालिकामा ११५ औं अन्तर्राष्ट्रिय नारी दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ। पादमघाट महिला समूह र तिला विद्यालयको देउडा प्रस्तुति तथा अन्य रचनात्मक कार्यक्रमले दिवसलाई थप उत्साहजनक बनाएको थियो। यस अवसरमा महावै गाउँपालिकाका अध्यक्ष खेम बहादुर सिंह भिजनद्वारा करिब ११५ जना एकल महिलालाई सम्मान गरिएको थियो।

महावै गाउँपालिकाका विभिन्न वडाहरूमा पनि नारी दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गरियो। कार्यक्रमलाई सफल बनाउन स्थानीय संघसंस्था, विद्यालय र महिला समूहको सक्रिय भूमिका रहेको थियो।

अध्यक्ष सिंहले भने, “नारी सशक्तीकरण बिना समृद्ध समाजको परिकल्पना गर्न सकिँदैन। महिलाको हक, अधिकार र आत्मनिर्भरता प्रवर्द्धन गर्न गाउँपालिका निरन्तर लागिपर्नेछ।”

तपाईको प्रतिक्रिया