कालिकोट– गैसस महासंघ कालिकोटको ७औं जिल्ला अधिवेशन तथा १५औं साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनबाट अध्यक्षमा दिलीप कुमार शाही (हुरेन्डेक नेपाल) चयन भएका छन्।
नयाँ कार्यसमितिमा उपाध्यक्षमा राजेन्द्र सहकारी (भिडिसेफ नेपाल), सचिवमा रमेश नेपाली (पेड़शन नेपाल), सहसचिवमा पंख बहादुर मल्ल (हुर्डेक) र कोषाध्यक्षमा पार्वती चौलागाई पाण्डे चयन भएका छन्।
त्यसैगरी, सदस्यहरूमा डिल बहादुर रोकाया, सोविना काफ्ले, मनभुजा परियार, सरला बम, भरत कुमार मल्ल र भरत पाण्डे चयन भएका छन्।
नवनिर्वाचित अध्यक्ष शाहीले सामाजिक संघसंस्थाहरूको सशक्तीकरण र समन्वयलाई प्रभावकारी बनाउँदै जिल्लामा गैससहरूको भूमिका अझ बढी परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
सो अवसरमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू तथा स्थानीय व्यक्तित्वहरूले नयाँ नेतृत्वलाई बधाई दिँदै आगामी कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए।
दियो खबर । १६ फाल्गुन २०८१, शुक्रबार १५:२०