सुर्खेत/कालिकोटको पचालझरनम गाउँपालिकाले विपन्न वर्गका बालबालिकाको शिक्षामा पहुँच सुधार गर्न विशेष अभियान सुरु गरेको छ। मंगलबार उपाध्यक्ष अल्किना बम वविताको अगुवाइमा दलित, अपाङ्ग, र गरिबीको रेखामुनि रहेका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरियो।
महिला तथा बालबालिका शाखाको समन्वयमा वडा-४ बाट प्रारम्भ गरिएको यस कार्यक्रममा बालबालिकालाई स्कुल झोला, १२ वटा कापी, र १२ वटा डटपेन प्रदान गरियो। उपाध्यक्ष बमले समाजका आर्थिक रूपले कमजोर वर्गका बालबालिकालाई शिक्षामा प्रेरित गर्न र उनीहरूको शैक्षिक यात्रालाई सहज बनाउन अभियानले महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पार्ने र शिक्षाको महत्त्वलाई अझ बढी उजागर गर्ने अपेक्षा गरिएको छ।
दियो खबर । १५ माघ २०८१, मंगलवार १३:२६