तामाङ समुदायद्वारा हर्षोल्लासका साथ सोनाम ल्होसार मनाइँदै

सुर्खेत/माघ शुक्ल प्रतिपदा-तामाङ समुदायले आज विभिन्न कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाइरहेका छन्। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन यो पर्व विशेष रूपमा मनाइन्छ।

सोनाम ल्होसार १२ जीवजन्तुका आधारमा वर्गीकरण गरिएको छ, जसअनुसार पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई स्वागत गरिन्छ। भूमिपूजा, कूलपूजा, दानदक्षिणा, ढोगभेट, नाचगान, विशेष परिकार भोजन तथा शुभकामना आदानप्रदान गर्दै यो पर्व मनाइन्छ।

बागमती प्रदेशका विभिन्न जिल्लाहरूमा तामाङ समुदायको बाहुल्य रहेकाले यो पर्व भव्य रूपमा मनाइँदै छ। राजधानी काठमाडौंका टुँडिखेल, बौद्ध, स्वयम्भू लगायतका स्थानहरूमा विशेष कार्यक्रम आयोजना गरिएका छन्।

सरकारले यस अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ।

तपाईको प्रतिक्रिया