धादिङ/ धादिङ जिल्ला हिमालय देखि महाभारतसम्म फैलिएको नेपालको एक मात्र जिल्ला धादिङ जिल्ला जसको आफ्नै प्रकारको विशिष्टता छ ।राजमार्गहरुको कुरा गर्दा पृथ्वी, त्रिभुवन, कालु पाँडे र पासाङ ल्हामुसहित ४ मुख्य राजमार्ग यस जिल्लामा रहेका छन् भने यो जिल्ला भयर बग्ने ३ मुख्य नदीहरु त्रिशुली, बुढीगण्डकी र आँखु बग्दछन् ।सल्यानटार सहित कम्तीमा २० वटा टाररहेका छन् । धादिङ जिल्ला गरिबीको बर्गिकरणको आधारमा हेर्ने हो भने देशको ७७ जिल्लामा २१ औं स्थानमा रहेको छ। तेसै गरि भौगोलिक क्षेत्रफलको हिसाबले ३१ औं ठूलो जिल्ला हो । तथ्यांक अनुसार यस जिल्लामा ७६ प्रतिशत मानिस कृषि पेसामा संलग्न छन् र उत्पादित तरकारीको ९५ प्रतिशत काठमाडौं निर्यात हुने गरेको छ । यो जिल्लाको मुख्य आम्दानी भनेको ढुंगा, गिट्टी, बालुवा बाट उठ्ने कर पनि यस जिल्लाको अर्को मुख्य आम्दानिको श्रोत हो । नेपालकै उत्कृष्टमानिने जोगिमारामा पाइने चुनढुंगामा ९६ प्रतिशत क्याल्सियम कार्बोनेट रहेको छ। यस जिल्लामा कम्तीमा ९७ वटा मुख्य बजार केन्द्र रहेका छन् । धार्मिक र पर्यटकीय दृष्टिकोणले हेर्ने हो भने धादिङमा गंगाजमुना ६ र ७ जोड्ने नेपलकै दोश्रो लामो अधेरी खोलाको झोलुगे पुल, गंगाजमुना ७ मा रहेको जिप लाइन, ढोला मन्दीर, गंगाजमुना मन्दीर, मैदीकोट, सल्यानटार,सेम्जोङ दरबार, सिद्धलेक, त्रिपुरासुन्दरी, भैरबी, सिद्ध वावा मन्दीर, नर्सिङ्धाम श्री रुपनुगा बिद्ध्यापिठ,
बिमला देवी मन्दीर, शेसा मन्दीर, सदा सिव र प्राचिन नरसिंह देव मन्दीर जस्ता धेरै मन्दीरहरु नेपालभर चर्चित छन् । ठुलो संख्यामा गुम्बाहरु, मन्डलीहरु रहेका छन् । यो जिल्ला २७’ ४०’’ पूर्व देखि २८’ १७’’ पूर्व देशान्तर र ८०’ १७’’ उत्तर देखि ८४’ ३५’’ उत्तर अक्षांशसम्म फैलिएको छ।यस जिल्लाको सदरमुकाम धादिङबेसी हो । २०७८ को जनगणना अनुसार धादिंग जिल्लाको ३,२५,७१० जनसंख्या रहेको छ । धादिङमा
८०% कृषिजन्य भुमी र २०% बन रहेको छ ।राजधानीसित जोडिएको जिल्ला भएको कारण जिल्लाबाट उत्पादित कृषि उपज लगाएत अन्य उत्पादनहरुको ठुलो बजार काठमाण्डौ भएकोले यहाँको उत्पादनलाइ तेती बजारको समस्य छैन ।जिल्लाको विधमान प्राकृतिक श्रोत, साधन जस्तै बालुवागिटी, ढुंगा लगायको लागि समेत काठमाडौँ प्रमुख बजार । भगौलिक विविधता, उत्तर तिर जडीबुटी, मध्यटारमा कृषि, पर्यटन, पशुपालन, खानी तथा खनिज पदार्थहरु प्रमुख सम्भावनाहरु हुन् ।
जिल्ला बिकासको लागि सम्भावना तथा अवसरहरु :
१. जलबिद्युत र जलश्रोतको बहुक्षेत्रगत बिकाश (जलबिद्युत तथा लघु जलबिद्युत सिंचाइ,मत्स्य पालन, जल पर्यटन)
२. पर्यटन (कृषि पर्यटन,सहाशिक पर्यटन, पदयात्रा पयर्टन, जल पर्यटन, संस्कृतिक पर्यटन, ग्रामीण पर्यटन, धार्मिक पर्यटन)
३. कृषि (फलफूलखेती, मौसमी तथा बेमौसमी तरकारी, खाद्यान्न बाली,
४. जडीबुटी (धसिंगरे, चिराइंतो, पाँच औंले लगायत अन्य)
५. पशुपालन (व्यवसायीक भेंडा, च्यांग्रा, चौंरी पालन र चिज उत्पादन, बंगुर, बाख्रा पालन, भैसी पालन)
६. खानी तथा खनिज पदार्थ ( फलाम खाने, चुन ढुंगा, खरी ढुंगा, सिसा र जिंक खानी )
७. परम्परागत सिप र प्रविधिको बिकाश र विस्तार
चित्र 1: बुढी गण्डकी नदी
१,जलबिद्युत र जलश्रोतको बहुक्षेत्रगत विकास (जलबिद्युत, सिंचाई, मत्स्यपालन, जलप्रयटन)
चित्र २ त्रिशुली नदीमा जलयात्रामा रमाउँदै पर्यटकहरु
यो लोकमार्ग भएर बग्ने तिन ठुला नदीहरु त्रिशुली ३०४ m 3 /s यसका सहायक खोलाहरु थोपाल खोला, महेश खोला, मलेखु खोला,आदम खोला,बेल्खु खोला, चरौंदी खोला तेस्तै बुढी गण्डकी ( १००.२७ m 3 /s) र यसको सहायक चार खोला, मानखोला ,कास्ठेखोला, सुरगान्धी खोला र मस्ते खोला ,तेस्तै आन्खु खोला ( ५८.३८m 3 /s) र यसका ८सहायक खोला पिन खोला, लिस्ने खोला, गस्ली खोला, बगुवा खोला , घटिया खोला , हँकंग खोला , आउलखोला, किन्तांग खोला, जसबाट जलबिद्युत, लघु जलबिद्युत, सिंचाई, मत्स्यपालन र जल प्रयटनको बिकाश गरि रोजगारीको अवसर सिर्जना गरि आर्थिक विकाशका नयाँ आयामहरुको ढोका खोल्न सकिन्छ I साथै बूढी
गण्डकी र आंखुको करिडोरमा मत्स्यपालना र जल प्रयटनको रुपमा विकाश गरि आर्थिक विकाशमा मनग्यफाइदा लिन सकिन्छ I ग्रामिण अर्थतन्त्रकोको पुनर्जागरणका लागि होम स्टेहरु र साना प्रकृतिका बस्तीहरुकोनिर्माण गर्न सकिन्छ I बाँजो राखिएको निजि जमिन स्थानीय सरकारको रोहबरमा उत्पादन मुलक खेति गर्नबिपन्न परिबारलाई प्रोत्साहन गर्न सकिन्छ I
चित्र ३ गंगाजमुना ६ र ७ जोड्ने झोलुंगे पुल
२. पर्यटन (कृषि पर्यटन, सहाशिक पर्यटन, पदयात्रा पयर्टन, जल पर्यटन, संस्कृतिक पर्यटन, ग्रामीण पर्यटन, धार्मिक पर्यटन)
चित्र ४ गंगाजमुना झरना
पर्यटन विकासको दृष्टिकोणले धादिंगमा प्रसस्तै सम्भावनाहरु छन्I यो जिल्ला पर्यटनको हिसबले सम्भवानै सम्भावना बोकेको जिल्ला हो I त्रिशुली राफ्टिंग गणेश हिमाल ट्रेकिंग , गुफा झरना लगायतका पर्यटकिया क्षेत्रले धादिंगको सुन्दरतालाई जोगाएको छ I धादिंगको १ नम्बर क्षेत्र राफ्टिंग र भिलेज टुरको उच्च सम्भावना बोकेको छ भने २ नम्बर क्षेत्र छोटो हाइकिंग र कल्चरल टुरको अपार खानी हो I तेसै गरि माथिल्लो उत्तरी बेल्ट रुबीभ्यली ट्रेकिंग र साहसिक पर्यटनको रुपमा बिकसित हुन सक्छ I त्रिशुली राफ्टिंग संगै बेनिघाट रोरंको नोहक गुफा अवलोकन , पासांग पास पाल्दोर पिक, मोतिदाना जस्तो टल्किने गंगाजमुना झरना , मुर्ति सारिरहने त्रिपुरा सुन्दरी , सिद्दलेक , नयाँ गन्तब्य नेत्र ताल उच्च पर्यटकीय सम्भावना बोकेको सिद्द , चमेरे , गुप्तेशोरी गुफाहरु, ज्वालामुखी डाँडा, ढोला मण्डली माई ,गंगाजमुनाको ६ र ७ को बिचमा रहेको नेपालको दोश्रो झोलुंगे पुल, तिन सुर्य लोभ लाग्दो खाल्टे , सलंग र राउत होम स्टे येतिहसिक ज्यामरु दरबार, अण्डा पाक्ने तातोपानी , सुनको घोडा देखिने गणेश कुण्ड , औसी र पुर्णिमा मा रंग बदल्ने काली सेतो दह र सिन्ग्लापास निलकण्ठ भैरवी मन्दिर , सल्यानकोट , गंगाजमुनामाई त्रिपुरासुन्दरीमाई बास्वामा धादिंगको पर्यटकीय आकर्षणका केन्द्र बिन्दु हुन उचाइगत भिन्नता, ३००-३०३१मि आर्थिकस्तर बृदि गरि रोजगारीको सिर्जना गर्न सकिन्छ I
३. कृषि (फलफूलखेती, मौसमी तथा बेमौसमी तरकारी, खाद्यान्न बाली,)
चित्र ७ थोपा सिंचाई प्रयोग गरि तरकारी खेति
चित्र ६ रुबी भ्यलिको स्याउ फर्म
कृषि उत्पादनको दृष्टिकोण हेर्दा यो जिल्ला प्रचुर सम्भावना देखिन्छ I जिल्लाको उत्तरी क्षेत्र जुन उच्च र चिसो हावापानी भएको ठाउमा स्याउ खेति , मध्य पहाड र पहाडी तथा तटीय भेगमा फलफुल खेति , तरकारी खेति , बाख्रा पालन बेशिहरुमा खाद्यन बालि भैसी पालन , टारहरुमा लिफ्ट सिंचाई गरि दलन, तेलन वाली उत्पादन गर्न सकिन्छ I राजधानी काठमाडौँसँग जोड्ने पृथिबी रागमार्ग र त्रिभुवन राजपथ संग सिमाना जोडिएको धुनिबेसी देखि चरौंदी सम्मको आसपासका क्षेत्र कृषि पकेट क्षेत्रको रुपमा बिकाश गर्न सकिन्छ I जिल्लाको छत्रे देउराली,जीवनपुर, बुढाथुम बसेरी नौबिसे,थाक्रे, तसर्पु केवलपुर , गोगनपानी र भुमेस्थान , बैरेनी कल्लेरी खाल्टे , कुम्पुर , किरान्चोक , पिडा गजुरी , महादेवस्थान , बेनिघाट , सलांग, धुसा र जोगीमारा लगायतका क्षेत्रलाई पकेट क्षेत्रको रुपमा बिकाशगर्न विशेष योजना ल्याउन जरुरि देखिन्छ I
४, जडीबुटी (धसिंगरे, चिराइंतो,पाँच औंले)
चित्र ८ रुबी भ्यालीको रिचेमा जडिबुटीको खेती गर्दै
आर्थिक सम्भावनाको दृष्टिकोणले अर्को महत्व पूर्ण सहक्षेत्र भनेको जडिबुटी हो I जिल्लाको उत्तरी भागमा उच्च हिमाली भूभाग भएकोले जडीबुटी उत्पादनको लागि उपयुक्त हावापानी छ I जसलाई व्यवसायिकरण गर्ने र उत्पादनलाई अभियानको रुपमा लैजान सके मनग्गे आर्थिक आम्दानी गर्न सकिन्छI
५, पशुपालनमा (व्यवसायक भेंडा, च्यांग्रा, चौंरी चिज उत्पादन, बाख्रा पालन, बंगुर, भैसी पालना )
पशुपालनको दृस्टीकोणबाट धादिङ जिल्ला प्रचुर सम्भावना बोकेको जिल्ला हो जिल्लाको उच्च पहाडी र चिसहावापानी भएको माथिल्लो भूभागमा भेंडा, च्यांग्रा चौंरी तल्लो तटीय भूभागमा, बाख्रा, भैसी, बंगुर पालन गरेर मनग्य आर्थिक आम्दानी र रोजगारीको सिर्जना गर्न सकिन्छ ।
लेखकः कृष्ण अधिकारी
केन्द्रीय सदस्य नेकपा एमाले विज्ञान तथा प्रविधि बिभाग
दियो खबर । २३ चैत्र २०८०, शुक्रबार २१:०५