महाबैमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ डाक्टरहरूको टोलीलाई भव्य स्वागत

कालिकोट/ महाबै गाउँपालिकामा आजबाट एकीकृत जनस्वास्थ्य अभियान तथा विशेष स्वास्थ्य सेवा शिविर सुरु  हुनेभएको छ। यस शिविरमा विभिन्न रोगका विशेषज्ञ डाक्टरहरूको टोली महाबै गाउँपालिका पुगेको छ।

गाउँपालिका अध्यक्ष खेम बहादुर सिंहका अनुसार शिविरमा दन्त रोग, स्त्री तथा प्रसूति सेवा, बालरोग, मानसिक परामर्श, एचआइभी/एड्स, क्षयरोग जस्ता सेवाहरू उपलब्ध छन्। “हाम्रो प्राथमिकता नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने हो, यस शिविरले स्थानीय बासिन्दालाई ठूलो राहत मिल्नेछ,” अध्यक्ष सिंहले बताए।

शिविरमा परिवार नियोजन, प्रयोगशाला परीक्षण, भिडियो एक्सरे, सामान्य शल्यक्रिया लगायतका सेवाहरू निःशुल्क प्रदान गरिनेछ। स्वास्थ्य सेवा कार्यालय कालिकोटको आयोजना, महाबै गाउँपालिकाको समन्वय तथा ओदा फाउन्डेसन र प्रदिया फाउन्डेसनको सहकार्यमा आज वाट सुरुहुने भएको छ ।

शिविरमा सेवा दिन आएका विशेषज्ञ चिकित्सकहरूको टोलीलाई गाउँपालिकाले विशेष स्वागत गरेको छ। स्थानीयबासीले उनीहरूलाई परम्परागत शैलीमा फूलमाला, टीका लगाएर सम्मान प्रकट गरेका छन्। स्वागत कार्यक्रमलाई झन् विशेष बनाउन स्थानीय संस्कृति झल्कने पहिरन र मौलिक शैलीको सम्मान प्रकट गरिएको थियो।

तपाईको प्रतिक्रिया