महावैमा सम्पन्न विशेषज्ञ स्वास्थ्य शिविरबाट ६६९ जनालाई सेवा

कालिकोट– महावै गाउँपालिकामा सम्पन्न दुईदिने विशेष स्वास्थ्य शिविरमा ६६९ स्थानीयले सेवा प्राप्त गरेका छन्।

स्वास्थ्य सेवा कार्यालय कालिकोट, महावै गाउँपालिकाको स्वास्थ्य शाखा, महावै आधारभूत अस्पताल, ओडा फाउन्डेसन र प्रदिया फाउन्डेसनको संयुक्त आयोजनामा चैत्र २१ र २२ गते शिविर सञ्चालन गरिएको थियो।

शिविरमा हाडजोर्नी तथा नसा रोग, स्त्रीरोग र गर्भवती जाँच, बालरोग, सामान्य शल्यक्रिया, परिवार नियोजन, निदानात्मक परीक्षणसहित विविध स्वास्थ्य सेवा प्रदान गरिएको थियो।

गाउँमै शिविर सञ्चालन हुँदा वृद्धवृद्धा, बालबालिका र बयस्कलाई उपचारमा सहजता भएको गाउँपालिका अध्यक्ष खेम बहादुर सिंहले बताए।

“शिविर गाउँमै गर्दा नागरिकलाई सदरमुकाम धाउनुपरेन, यसले सबैलाई सहज र समयमै उपचार गर्न सहयोग पुग्यो,” अध्यक्ष सिंहले भने।

तपाईको प्रतिक्रिया