खाँडाचक्रमा स्वास्थ्य सेवा समीक्षा गोष्ठी सम्पन्न

कालिकोट/खाँडाचक्र नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा पालिका स्तरीय अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ। नगर प्रमुख कमल बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख गणेश बहादुर शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत ई. सुमित भट्ट र स्वास्थ्य शाखा प्रमुख मानव बहादुर विष्टको विशेष उपस्थिति रहेको थियो।

नगर प्रमुख शाहीले स्वास्थ्य सेवाको प्रभावकारिता बढाउन समीक्षा गोष्ठीले महत्वपूर्ण भूमिका खेल्ने बताए। उपप्रमुख शाहीले स्वास्थ्य सेवामा सुधार आवश्यक रहेको धारणा राखे भने निमित्त प्रमुख प्रशासकीय अधिकृत भट्टले समन्वय र स्रोत व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए। स्वास्थ्य शाखा प्रमुख विष्टका अनुसार कार्यक्रमले आगामी रणनीति तय गर्न मद्दत गर्नेछ।

तपाईको प्रतिक्रिया