महावै गाउँपालिकामा नमुना गोरेटो बाटो र सिंचाइ कुलो निर्माण, स्थानीय लाभान्वित

कालिकोट — मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कालिकोट जिल्लाको महावै गाउँपालिकामा नमुना गोरेटो बाटो तथा सिंचाइ कुलो निर्माण गरिएको छ। यी पूर्वाधार विकासका कामहरू स्थानीय श्रमिकहरूको संलग्नतामा सम्पन्न भएका छन्, जसले गाउँका बासिन्दाहरूलाई प्रत्यक्ष लाभ पु¥याउने विश्वास गरिएको छ।महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले विकास निर्माणमा गाउँपालिकाको प्राथमिकता स्पष्ट पार्दै भने, “हामी जनताको आवश्यकता र सहजतालाई ध्यानमा राखेर विकासका काम गरिरहेका छौं। मुख्यमन्त्री रोजगार कार्यक्रमले एकातिर स्थानीयलाई रोजगारी सिर्जना गरेको छ भने अर्कोतिर महत्वपूर्ण भौतिक पूर्वाधारको निर्माण पनि भइरहेको छ। नमुना गोरेटो बाटो तथा सिंचाइ कुलो निर्माणले यातायातलाई सहज बनाउनुका साथै कृषिमा उत्पादन वृद्धि गर्न सहयोग पुर्‍याउनेछ।”

स्थानीयको खुशी: अब यात्रा सहज, खेतीपातीमा सुधारको अपेक्षा

स्थानीय बासिन्दाहरूले पनि विकासका यी गतिविधिप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्। उनीहरूका अनुसार, पहिल्यै असहज यात्रा गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ भने सिंचाइ कुलोले खेतीमा सुधार ल्याउने अपेक्षा गरिएको छ।यस परियोजनाले गाउँपालिकाभित्रको समग्र विकासलाई गति दिने अपेक्षा गरिएको छ। स्थानीय तह, प्रदेश सरकार, र समुदायबीचको सहकार्यले दीर्घकालीन विकासलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया