योगी नरहरिनाथको जीवनगाथा

कालिकोट/योगी नरहरिनाथलाई नेपालका राष्ट्रगुरु भनिन्छ। योगी नरहरिनाथको जन्म वि.सं .१९७१ फागुन १७ गते बिहिवारका दिन कालीकोट जिल्लाको लालु गाउँ विकास समिती ( हाल को नरहरिनाथ गाउँपालिका ) मा भएको हो। योगी नरहरिनाथको पहिलेको नाम बलबीरसिह थापा रहेको थियो । उहाँको पिताको नाम ललितसिंह थापा र आमाको नाम गोरादेवी थापा थियो। योगी नरहरिनाथलाई पढ्नको लागि ९ वर्षकै उमेरमा जुम्ला चौधानस्थित चन्दननाथ भाषा पाठशालामा भर्ना गरिएको थियो । महन्त क्षिप्रानाथले वि.स. १९८१ मा बलबीरासिह थापालाई अदधूत योगी भेष बाहपन्थमा दिक्षित गरेपछि उहाँको सन्यास नाम योगी नरहरिनाथ रखिएको थियो ।

 प्राथमिक तहका सबै पुस्तकहरु कष्ठग्र भइसके पछि थप अध्ययनका लागि योगी छिप्रानाथले नै योगी नरहरिनाथलाई काठमाडौ को मृगस्थलीस्थित गोरखनाथ मठमा लैजानुभयो । मृगस्थलीमा उहाको अध्ययन सम्भव नभएपछि गुरु छिप्रानाथले नै उहाँलाई भारतका विभिन्न शहरहरूमा पठनपाठन गराउनु भयो । योगी नरहरिनाथले हरिद्वार, मायापुरी योगश्रम , लाहौर, सरस्वती संस्कृत महाविद्यालय लुधियाना, गुरुकुल काँडी विश्वविद्यालय हरिद्वारमा पढनु भएको थियो। उच्च शिक्षाको अध्ययन पूरा गरेपछि उहाँ गौहत्या निषेध आन्दोलन र भारत का स्वतन्त्रता संग्राम सत्याग्रहम सरिक हुनु भयो । मल्तान, शिन्ध, पन्जाव दिल्ली र कलकत्ताका कारागारहरुमा थुनिनु भएको थियो काव्य प्रकाश, सामवेद, व्राहाण अध्ययन गरी वि .सं . १९९७ मा वेदालङ्कार परिक्षा उत्त्ण गर्नुभएको थियो । योगी नरहरिनाथ व.सं.२००४ कार्तिक २० गतेका दिनदेखि मृगस्थली मा स्थापी रूपमा वस्न थालनु भएको थियो । तत्कालिन प्रधानमन्त्री श्री ३ मोहन शमशेरद्वारा निक्कै ठुलो राजर्कीय सम्मानकासाथ उहाँलाई वि.स २००४ पौष४ गतेदेखि गोरखनाथ मठको पीर महन्तका रूपमा नियुक्ति गरिएको थियो। 

वि.स . २०१८ पौष गते सम्म यस पदम योगीजी नै रहनुभयो । तत्कालिन प्रधानमन्त्री श्री३ मोहन शमशेरले योगी नरहरिनाथका लागि गोरक्षपीठः मृगस्थलीको ४ रोपनी क्षेत्रफलको जग्गामा २ वटा आश्रमघर र गौशला बनाइ दिइएका थिए। जसमा उहाँको पुरै व जीवन व्यतित भएको थियो । गोरखनाथमठ का महन्त योगी नरहरिनाथ भए तापनि उहाँको कार्य व्यस्तताका कारण उहाँले महन्त पदमा रहेर गनुपर्ने सम्पूर्ण कामको जिन्मेवारी आफ्ना गुरु छिप्रानाथ योगीलाई सुम्पनु भएको थियो। 

राष्ट्रिय स्वाधिनताका सवालमा पनि योगीजी अत्यान्त चिन्तित हुनुहुन्थ्यो। उहाँले तत्कालिन नेपाल सरकारको निर्णय अनुसार चितवन जिल्ला नारायणगढ बजारभन्दा उत्तरतर्फको नेपालको सास्कृतिक, पुरातात्विक एवम् धार्मिक क्षेत्र भित्रको ४२ विगाहा जग्गा भारतीय र संयुक्त राज्य अमेरिकाको वेवर भजिनीयामा विश्वविद्यालयलाई चिकित्सा शास्त्र अध्ययन केन्द्र स्थापना गर्नका लागि निशुल्क दिन निर्णयका विरुद्र सर्वोच्च अदालतमा उप्प्रेरणको आदेश जारी गरि पाउन रिट निवदेन गर्नु भएको थियो । १२९ वटा कोटी होम ४५ वटा लक्ष्य होम र ५ वटा शिवयज्ञहरू सम्पन्न गर्नुभएको थियो । यिनै कोटीहोम यज्ञ गादीका माध्यमबाट बैदिक सनातन दर्शन, वेद, गायत्री, संस्कृत भाषा र गाईको महत्वका वारेमा मानव समाजलाई शिक्षित तुल्याउनु  भयो । जडिबुटी स सम्वन्धि राम्रो ज्ञान थियो उहाँमा । तेसमा के काम गर्दछु भन्ने बारे  जानकारी संगै आफ्ना सहपाटीलाई सिकाउने गर्नुहुन्थ्यो ।

कोटीहोभकै माध्यमबाट सङ्‌कलन भएको आर्थिक सहयोग लाई गुरुकुलहरु स्थापना गराउन सहयोग गर्नुभयो। वैदिक दर्शनमा आध्यात्मिक क्रान्तिको सुरुवात गर्नुभयो। संस्कृत भाषा नै अन्य सबै भाषाहरुको जत्ती भाषा भएकोले संस्कृत भाषाको संरक्षण संवर्दन तथा संस्कृत शिक्षाको महत्वलाई जोड दिदै दाङको बेलझुण्डीमा नेपाल सस्कृत विश्वविद्यालय र भारतको गिरीजापुरीमा सरयु सस्कृत विश्व विद्यालयको स्थापना गराउनुभयो । 

मुलुकको यो अवस्थाले गर्द काठमाडौं उपत्यकाभिन्न व्यापक अध्ययन अनुसन्धान हुन सक्यो भने वाहिर पटक्कै सम्भव भएन । त्यसैले बाहिरको इतिहास अझै पनि पूर्ण हुन सकेको छैन । मुलुकको यो दुरावस्या रहेदाका अवस्थामा इतिहास, संस्कृति र पुरातत्वको अध्ययन अनुसन्धानका नियित मुलुक चाहार्न सक्ने साहस कुनै पनि नेपाली विदानहरूले गर्व एकको प्रमाण पाइदैन । यस्तो परिस्थितिमा पनि योगीका न निर्यिक पाईला रोकिएनन । काँधमा झोला भिरेर खोलानाला पहाडपर्वत र वनजङ्गल , जङ्घार छिचोल्दै गाउँ गाउँबाट एतिहासिक एवम् पुरातात्विक सामाग्रीहरु वटुल्टै काठमाँडौ पुऱ्याउने र छात्दै जाने काम वेवल योगी नरहरिनाथले मागै गरेको कुरामा दुईमत छैन। देशको भु-भाग वा भौगोलिक परिचयका सम्बन्धमा योगीद्वारा लेखिएका पुस्तकहरुमा पनि  ति स्थानहरुको संस्कृत पधमय बैदिक ख्याख्या गरिएका छन । जिल्ला जिल्लामा ऐतिहासिक सामग्री सङ्गकलन गर्नका लागी उहाँले स्थानीय  बुद्धिजी विहरुको समिति बनाउनुभएको थियो। योगी थापाकुलमा जन्मिएर पनि वहाँ विद्धान ब्राहाणभन्दा माथिको कहनिनु भयो अहिले राष्ट्रियताको मुल जग हाम्रो धर्म संस्कृति, भाषा, सभ्यता र इतिहासमा चौतर्फि निर्म नल प्रहार भैरहेको छ । प्राचीनतम् दशवता राष्ट्रहरुमध्ये नेपाललाई छित्रमित्र पार्ने तानावाना धेरै पहिले देखि नै भइरहेको छ। यो डर लाग्दो तानावानाले कतै आफ्नै राष्ट्र वेवारिसे हुने जो हो कि डर र त्रास सर्वग देखिन्छ । योगीको शब्दमा : १ व्यक्क्ति जाति समाज र देश राष्ट्र जो भए पनि जनताहरु सुतुवा अल्छी भइदिए भने कलियुगको सङ्केत हो । २ उठौ की नउठौ भन्ने दोघारे मनास्थिति द्वापरयुगको सङ्केत हो । ३ लट्ठी टेकेरै भए पनि केहि गर्ने पर्छ भन्ने त्रिखुहे अठोट त्रेता युगको सङ्केत हो भने ४ नसारी सबल दुवै खुट्टाले उभिएर राम्रो लक्ष्य ताकेर सत्यपथमा लम्कने प्रगतिशिल सत्य युगको सङ्केत हो। आफ्नो भाषा संस्कृति इतिहास धर्म देशका स्थायी स्तम्भ हुन् भने यिनको सरक्षण संवर्दन र सम्मान नै राष्ट्रको गरिमा हो भन्नुहुन्थ्यो । 

योगी नरहारिनाथज्यूका व्यक्तिगत कृतिहरु कर्मवीर महामण्डल, इतिहास प्रकास सँघ, अर्थवीर सँघ , वृहत, आध्यामिक परिषद  आर्षविधा शोध केन्द्र विभिन्न कोटिहोम समिति र अन्य सहयोगी सँध संस्था आदिका नामबाट प्रकाशन भएको पाइएका छन्। योगी नरहरिनाथले आफ्नो जीवनकालमा गोरक्षग्रन्थमाला अन्तर्गत ११४ वटा पुस्तकहरु, इतिहास तथा  पुरातत्व सम्बन्धि ८ वटा पुस्तकहरु पाक्षिक / मासिक / त्रैमासिक पत्र पत्रिकाहरू – १० अन्य विविध विषयका २६३ वटा पुस्तकहरू गरी जम्मा ५७१ वटा पुस्तकहरु ( अप्रकाशित १७६ पुस्तकसमेत) प्रकाशित, गर्नुभएको छ (कुल ८२ भागमध्ये ७८ भाग अप्रकाशित) ऐतिहासिक शिख रिणियात्रा (कुल १५ भाग मध्ये १४ भाग अप्रकाशित) अभिलेख मालाहरू करित ६०० वटा थर गोत्र वशावलीहरु अवतार विभूति भल परिचय, मनुस्मृति पधमय टिका र कोटी होम परिचय ७४ भाग लगायत १७६ वटा पुस्तकहरु प्रकाशन हुन बाकी नै रहेको देखिन्छ।

विश्वका सम्पूर्ण प्राणी सर्वदा सर्वथा  सुखी एवम् समृद्ध रहुन, सबै निरोगी र स्वास्थ्य रहुन , सबैले भलो गरून , भलै देखुन , यो सत्य विश्वका मानवले जान्ने र बुझ्ने पवित्र वस्तु हो । ज्ञान सबैको साझा हो। दुइचार जनाले जानेर सबैलाई पुग्दैन । समस्त मानवहरू ले जान्नु पर्दछ। नेपाल विश्वका समस्त हिन्छु धर्माबलम्बीहरूको ( मानवहरूको ) आस्थाको केन्द्र हो। नेपाललाई पवित्र  पुण्यभूमि, देवदेशौ  हिमालय, विश्व हिन्दुधर्म मानव हितकारी तुल्याउनका निमित्त हजारौ ञृषि महषि विद्धान विदुषिहरूको योगदान रहेको छ। तिनै ञृषिमहर्षिहरूको देशलाई अटल राख्नका लागी राष्ट्रगुरु योगी नरहरिनाथको ठुलो योगदान रहेको छ । 

वि.स . २०२२ चैत्र १ गतेका दिन राष्ट्रगुरुद्वारा संस्थापित श्रीवृहत अध्यात्मिक परिषद्‌ले गोरक्षपठि, म्रगस्थलीमा राष्ट्रगुरु योगी नरहरिनाथका सामग्रीहरू संरक्षण गरी योगी नरहरिनाथ स्मृति पुस्तकालय तथा संग्रहालय सञ्चालन भइरहेको सबैमा विदितै छ ।

राष्ट्रगुरु योगी नरहरिनाथज्यूको उधिकांश समय अभिलेश खोज, अनुसन्धान लेखन, सम्पादन आदि काम कार्य भै वित्ने गर्दथ्यो । २०५० साल मा राजपरिषद स्थायी समिति सदस्य पदको सपथग्रहज गराइएको थियो। नेपालको १४ अञ्चल र ७५ जिल्ला पैतलै भ्रमण गरेका योगीले भारण , अष्ट्रेलिया, अमेरिका, श्रीलंङ्का र जापानको भ्रमण गर्नुभएको थियो । निष्काम् कार्ययोगमा विश्वास गर्ने सच्चा व्यक्तित्व योगी नरहरिनाथ नेपाली समाजमा सँधै स्मरणीय हुनुहुन्छ। कुनै मार्वल वा शीलामा योगीजीले आफ्नो नाम लेखाउनु भएन । तर उहाँको नाम नेपाली जन्ताको मन मनमा रहेको छ। योगीजीको सद्व्यवहरबाट जोकोही पनि प्रभावित हुन्थे। हाम्रो देशलाई हामीले नै समृद्धि बनाउन सक्नु पर्दछन विदेशी सहायताले हामीलाई विगार्छ। काम गर्दा साना हुन्छु भन्ने भावना राख्नु हुन्न । योगीजी शृषितुल्य हुनुहुन्थ्यो । योगी नरहरिनाथ नेपाली समाजमा सदा अजर अमर हुनुहुन्छ ।

लेखक :भरत प्रसाद देवकोटा

तपाईको प्रतिक्रिया