लाेकसेवा तयारि पुस्तकमा महिला सम्बन्धि अपमानजनक प्रश्नउत्तर :एक साहित्यकारकाे नजरमा

प्रकाश बराल / लाेकसेवा तयारी सम्बन्धि पुस्तकमा महिला सम्बन्धि अपमानजनक प्रश्नउत्तर राखिएको पाईएको छ । वन तथा वातावरण मन्त्रालयका सहायक सहायक संरक्षण अधिकृत राम एकवाल दासले लेखेको ‘गेमस्काउट, वन रक्षक, सफलताको साथी’ पुस्तकमा महिलामाथि अपमानजनक प्रश्नउत्तर राखिएको पाईएको हो ।

विद्या विकास पब्लिकेसन्स द्वारा प्रकाशित ‘गेमस्काउट, वन रक्षक, सफलताको साथी’ पुस्तकको पेज नम्बर १४३ मा महिला हरुबारे आपत्तिजनक शब्दसहित प्रश्नोत्तर राखिएको छ।

पुस्तकको १४३ पेजको १८ नम्बर प्रश्नमा चारवटा अप्सनसहित महिलाबारे आपत्तिजनक प्रश्नउत्तर राखिएको छ । जसकाे व्याख्या विश्लेषण साहित्यकार दर्ग प्रसाद काफ्लेले यसरी गरेकाे छन् :
१) तपाई नेपाल सरकारको अधिकृत , राष्ट्र सेवक कर्मचारी उत्पादन गर्ने लोकसेवा जस्तो पवित्र मार्ग प्रसस्त गर्ने कितावका लेखक जन्माउने तपाईकी आमा जस्ले नौ महिना पेटमा राख्नु भो, स्तनपान गराउनु भयो, आफ्नो ज्यान भन्दा बढ्ता माया गर्नु भयो, हुर्काउनु भयो र पहिलो शिक्षा दिनु भयो मातृवात्सल्यता प्रदान गर्नु भयो । उहाँ र उहाँ जस्तै तमाम आमा भालु हुनै सक्दैन ।
२) नेपाल सरकारको वन तथा वातावरण मन्त्रालय मा कार्यरत तपाईलाई हरेक वर्षको भाईटिकामा मखमली माला लगाएर तेलको घेरामा राखि दिर्घायुको कामना गर्ने, हरेक दुख सुखमा साथ दिने तपाईका लगायत आम दिदि वहिनीहरुलाई भालु मान्न सकिदैन ।
३) आमाको जस्तै माया दिने , केयर गर्ने , घरपरिवार सम्हाल्ने तपाईका जस्तै सवैका अर्धाङ्गीनिहरु पनि भालु होईनन ।
४) तपाईं का पनि छोरी होलान , सवैका छोरी हुन्छन । ति मुनाहरुलाई भालु देख्नु जिउदै नर्क जानु सरह हो ।

नोट :- श्रीराम एकवाल दास (नेपाल सरकारका अधिकृत ) मानसिक विरामी विरामी भएकोले उहाँको उपचारको लागि हरेक नेपाली नागरिकले रु १/- (अक्षरुपि रु एक मात्र ) उठाएर सहयोग गरौं । मेरो चार जना परिवारको रु ४/- जम्मा गरेको छु। सवैले सहयोग गरौं ।श्रीराम जि वचाऔं ।

प्रश्नउत्तर यस्तो छ…..

तपाईको प्रतिक्रिया