युवतिलाई लक्षित गरि एसिड प्रहार गर्ने एक जना पक्राउ

सुर्खेत – युवतीलाई लक्षित गरी एसिड प्रहार गर्ने एक जना पक्राउ परेका छन्।

शुक्रबार साँझ सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ मैकल बजार नजिक युवतीलाई लक्षित गरी एसिड प्रहार गर्न खोज्ने वीरेन्द्रनगर–१४ का १६ वर्षीय आशिष सुनारलाई पक्राउ गरिएको हो।

बेलुका पाँच बजेतिर विनपा–१४ को मैकल बजार नजिक बराहताल गाउँपालिका १० की अन्दाजी १७ वर्षकी सोविता बुढालाई उनले एसिड प्रहार गर्न खोजेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिए।

‘उक्त एसिड युवतीलाई हान्न खोजिएपछि निजलाई नलागेर सोही ठाउँका नेत्रबहादुर शाहीको बायाँ हातमा लागेर घाइते भएका छन्, घाइतेको उपचार भइरहेको छ,’ डिएसपी शाहीले भने, ‘प्रत्यक्षदर्शीले जानकारी गराएपछि प्रहरी चौकी बांगेसीमलबाट गएको टोलीले पौने ६ बजे एक जना युवकलाई पक्राउ गरेको छ।’

उनका अनुसार एसिड प्रहार गर्ने पक्षमा अर्का युवा पनि थिए। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया