दाङ तुलसीपुर बसपार्कमा ७३ बर्षीया महिलामाथि सामुहिक बलात्कार

शुभम देवकाेटा – दाङ तुलसीपुरको बसपार्कमा ७३ बर्षीया महिलामाथि सामुहिक बलात्कार भएको छ ।

बृद्ध महिलामाथि बलात्कार गरिरहेकै अवस्थामा दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ का ३० बर्षीय पुष्कर रोका र सल्यान जिल्लाको कुमाख गाउँपालिका – ७ का २० बर्षीय रेशम बिकलाई तुलसीपुर बसपार्कबाट बिहीबार राति १२ बजेतिर नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख पुष्पराज मल्लले जानकारी दिनुभयो ।

प्यूठान स्वर्गद्धारी नगरपालिका निवासी ७३ बर्षीया ती महिला राति अबेर मात्रै तुलसीपुर बसपार्क आइपुग्नु भएको थियो ।

वृद्धलाई सहयोग गर्ने वाहानामा ललाइ फकाइ तुलसीपुर – ५ स्थित बसपार्क भित्र पार्किङ गरि राखिएको ना ४ ख ७८४८ नम्बरको बस भित्र पुर्याएर पालैपालो बलात्कार गरिरहेकै अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

तपाईको प्रतिक्रिया