सुर्खेतमा लागूऔषध सहित एक जना महिला पक्राउ

सुर्खेत – सुर्खेतमा प्रहरीले लागूऔषध सहित एक जना महिला पक्राउ गरेको छ ।

जुम्ला जिल्ला चन्दननाथ नगरपालिका वडा नम्बर ६ स्थायि वतन भई हाल सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १२ हरियाली टोलमा बस्ने २२ बर्षिय राधिका बुढाको साथबाट १४ पुरिया (नापतौल गर्दा शुद्ध ६८०मिलिग्राम) ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ र नगद रू.१,२१,४५० (एक लाख एक्काईस हजार चार सय पचास ) रुपैयाँ सहित नियन्त्रणमा लिएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयको लागूऔषध ब्युरो सुर्खेतबाट खटिएको प्रहरी सहायक निरीक्षक कृष्ण चन्द समेतको प्रहरी टोलिले गोप्य सुचनाको आधारमा निजलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार निज बुढालाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा राखिएको छ ।

 

 

तपाईको प्रतिक्रिया