प्रजातन्त्र दिवसमा खाँडाचक्र ३ को मुख्य बजार ताडिमा सरसफाइ तथा अनुगमन कार्यक्रम

कालिकोट / प्रजातन्त्र दिवसका अवसरमा खाँडाचक्र नगरपालिका वडा नम्बर ०३ को मुख्य बजार ताडिमा सरसफाइ तथा अनुगमन कार्यक्रम गरिएको छ । 

खाँडाचक्र नगरपालिका ताडी बिटको  आयोजना तथा बजार व्यवस्थापन समितिको  दिगो विकास लक्ष्य परियोजनाको सहयोगमा सरसफाई तथा अनुगमन कार्यक्रम गरिएको हो ।

कार्यक्रममा प्रहरी बिट ताडी इन्चार्ज प्रहरी हवल्दा दुर्गदत्त अवस्थीत, बजार व्यवस्थापन समितिका अध्यक्ष खडानन्द्र चौलागाईं, सचिव खगेन्द्र पाण्डे बजार व्यवस्थापन समितिका सल्लाहकार संयोजक केशव राज देवकोटाले आ आफ्नो घर आँगन सफा राख्न र जथाभाबी फोहोर नगर्न आग्रह गर्नुभएको छ । यस्तै फोहोर बाहिर फाल्नु हुँदैन भन्ने चेतनाको विकास गराउनु नै अभियानको लक्ष्य भएको देवकोटाले बताउनुभयो ।

 यस्तै बजार व्यवस्थापन समिति अध्यक्ष खडान्नद्र  चौलागाईंले अन्य बजार तथा गाउँ टोलहरुमा पनि सरसफाई कार्यक्रम गर्न आवश्यक रहेको बताउनुभयो ।

तेस्तै बजार व्यवसायीहरु तथा गाउँ टोलहरुमा आफ्ना बजारका समस्याहरु नियमित सरसफाइ कार्यक्रम ,खानेपानी मर्मत नियमित संचालन  , बसपार्कमा कर्मचारी व्यवस्थापन , सार्वजनिक सौचालय , गाडीबाट निस्केको फोहोर व्यवस्थापन जस्ताकुरा टिप्पणी गरेर समाधान गर्ने बताए ।

कार्यक्रममा बजार व्यवस्थापन समितिका पदाधिकारी अस्थायी  प्रहरी बिट ताडीबाट प्रहरी   ताडीका व्यवसाय, व्यापारी  लगाएत  प्रतिनिधि र स्थिानिय नागरिकहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया