रुकुम पूर्वको कमलदहमा डुबेर एक जनाको मृत्यु

रुकुम पूर्व / रुकुम पूर्वको सिस्ने गाउँपालिकामा रहेको कमलदहमा डुबेर एक जनाको मृत्यु भएको छ । सिस्ने गाउँपालिका वडा नम्बर ५ का ४५ वर्षिय गोपाल बि क को मृत्यु भएको हो ।

शनिबार दहमा पौडी खेल्न गएका विकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरिक्षक (डिएसपि) प्रकाश डाँगीले जानकारी दिनुभयो ।

विक दहमा डुबेको खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थलमा पुगेर उनको उद्धार गरेको थियो । विकलाई जिल्ला अस्पताल पुय्राए लगत्तै अस्पतालले मृत घोषणा गरेको डिएसपि डाँगीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया