कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

दाङमा कारको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । घोराही तुलसीपुर सडक खण्ड अन्तर्गत घोराही १० जलौराचोकमा कारको ठक्करबाट घोराही १० सौर्यकुलाका अन्दाजी २४ वर्षका देवराज चौधरी मृत्यु भएको प्रहरीले जनाएको छ।

चौधरीलाई गत राती घोराहीतर्फ जाँदै गरैको बा ०१- २५ च ७७६४ नम्बरको कारले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। कारको ठक्करबाट गम्भीर घाइते चौधरीको राप्ती स्वास्थ्य विज्ञानमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले बताउनुभयो।

ठक्कर दिने कार र चालक सौगात वलीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया